सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जितबहादुर

पुलिस, चौकी, अड्डा, अदाल, संघ संस्था सब मेरा हुन्, मेरा । मेरो अनुमति बिना कसैको दाल गल्नेवाला छैन यी सब कुरामा ।

Nepal Telecom ad

म जित बहादुर, सचेत बहादुर । देशको इमान्दार मान्छे । हर समय हरक्षण सारा मान्छेको मन जित्न सक्ने एक सफल बिजेता । कोशिस जारी राखेको छु । स्वयमको सफलता खोज्नु मेरो धर्म हो । तिमीले न त रोकेर रोकिन्छु । न त फालेर फालिन्छु । न त ढालेर नै ढालिन्छ । चाहे कुटेर होस् वा पिटेर होस्, हप्काएर, छप्काएर वा धम्क्याएर, साराको मन जितेकै छु । जनताको विश्वास जितेकै छु । म साँझ हिंडु वा बिहान, राति हिडुँ वा दिउँसो । काम गरेर वा नगरेर । पैसा दिएर वा ऐस दिएर । रक्सी ख्वाएर वा आँसु प्याएर सबैको मन जितेकै छु । अधिकांसलाई मेरो पक्षमा पारेकै छ ु। म जहाँ बसुँ तिमीलाई मभन्दा चार बल्ढ्याङ तल झारेकै छु । माथि पुग्न कामै गर्नु पर्दैन मैले । खामै काफी छ । तिमीलाई खसाले पुग्छ ।

कुटेर ,पिटेर, दिएर होस् वा लिएर, आँखा बन्द गराएर वा मुख सिलाएर, परिणाम आफ्नो पक्षमा पारेकै छु । आजसम्म खै म केमा कतिले हारेको छु ? बरु तिम्रो सफल परिणाम मेरो पक्षमा सारेको छु । तिमीलाई अलिकति भए पनि तल झारेकै छु। तिमी सत् कमाऊ । म मत कमाउछु । जोसुकै जेमा रमाओस् म त आफ्नै जितमा रमाउछु । मेरै हितमा रमाउछु । जे जे कमाउँछु आफ्नै लागि कमाउछु र एक्लै रमाउछु । परिवार, आफन्तको पनि बिश्वास जितेकैछु । सबैले मेरो बिश्वास गरेकै छन् । मेरो सरणमा परेकै छन् । म जे बोलूँ सामुन्नेमा हस हजुर भनेकै छ्न् । मेरो आँखा परि मलाई धारे हात लगाएर के हुन्छ र । दारा किटेर के हुन्छ र । ढुङ्गा हाने पनि के नै लछारिन्छ र! मेरो अगाडि सब ठिक छ्न । त्यति न हो दायाँबायाँ लागेपछि एक गिलास सेन्तेरेममा बिक्छ्न् । म पनि सेन्तेरेम ख्वाएर मतिर सारिहाल्छु । आफ्नो पारिहाल्छु । फेरि भोलि के होला के को पिर । आज मोज गर्न पाए भइगो नि । भोलिको चिन्ता भोलि हुन्छ ।

म संतुस्ट छु । खुशी छु । किन कि मसँग पैसा छ । जहाँ पैसा छ, त्यहाँ ऐसा छ । मेरो साथमा शक्ति छ । म त्यै शक्तिको पुजारी हुँ । पूजा थालीमा धुप नैबेध्य, चन्दन, अक्षता र भेटि राखेपछि कुन देवता खुशी हुन्नन् र । अझ सेन्तरेम भेटि चढाएपछि त सबै काम तमाम हुन्छन् । कसैका बाबुको दैया चल्नेवाला छैन ।

यस दुनियाँका सारा कुरा मेरा हुन् । सुरा मेरा हुन् । सुन्दरी मेरा हुन् । देउता मेरा हुन् । धारा मेरा हुन् । पँधेरा मेरा हुन् । खोला, वन, जंगल सब मेरा हुन् । पहाड, हिमाल सब मेरा । को अरु कसैका हुन् भन्न सक्छ ? अरुका हुन् भन्ने आँटको गर्न सक्छ । नीति, नियम,ऐन, कानुन सब मेरा हुन्, मेरा लागि बनेका हुन् । पुलिस, चौकी, अड्डा, अदाल, संघ संस्था सब मेरा हुन्, मेरा । मेरो अनुमति बिना कसैको दाल गल्नेवाला छैन यी सब कुरामा ।

म जस्ती पनि दुनियाँ जित्न सक्छु । ठेलेर वा पेलेर । उठाएर वा लडाएर, तल झराएर वा पर सराएर म जितेर छाड्छु । हेर्दा सुइखुट्टे तर कहिले हार्दिन । किनकी म जितबहादुर हुँ ।

बेलबारी, मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
केही हाइकु

केही हाइकु

तिला लेकाली
हाइकुको बथान

हाइकुको बथान

तिला लेकाली
दश हाइकु

दश हाइकु

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
नाक

नाक

तिला लेकाली
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी