साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाडे

रूबिनाले लाडे पल्टिएर हाँस्तै जबाफ लाइन् - ‘ढाडे अहिले त निदाईकन घुर्न थालिसक्यो नि । ढुक्कले गफिए हुन्छ, म अर्कै कोठामा छु ।’

Nepal Telecom ad

झन्डै पौनेघण्टाजति टेलिफोन वार्ता भयो रूपक र रूबिनाबिच । कुरो टुङ्गिनुको सट्टा अझै उत्कर्षतिर बढिरहेको थियो ।

रूपकको साथमा छन् कविकान्त । ह्यान्डस् फ्रि गरेर भइरहेको कुराकानीको भरपुर आनन्द लिइरहेछन् । बोल्न नमिलेका बिचबिचमा मुसुमुसु हाँसिरहेका छन् । छिप्पिदो साँझमा मन्त्रमुग्ध भएर भइरहेको यो कुराकानी निकै शृङ्गारिक छ । रोचक छ । विभिन्न प्रसङ्ग निकालेर कुरा कोट्ट्याउन औधि सिपालु छन् रूपक । र, त्यत्तिकै लाडे पल्टिएर कुरा गर्न खप्पिस छिन् रूबिना पनि ।

कुनै औपचारिक शब्दबिनै एकाएक फोन काटियो । न ल राखेँ छ, न के ! रूपकसँग हातको इशारामै फोन काटिएको सुनिश्चित गरे कविकान्तले ।

‘कस्तो अचम्म ! टेलिफोनको प्राविधिक गडबडी हो कि ?’ कविकान्तले मुख फोरे ।

‘त्यसो हैन । तिनको लोग्ने आयो होला अनि फोन काटिन् । यिनी जहिले पनि यस्तैै गर्छिन्, अहिले मात्र हैन । यिनको आन्द्राभुँडी सप्पै थाहा छ मलाई । लोग्ने नआइपुगेको भए यिनी अझै दुई घण्टा गफ गर्थिन् यत्तिकै लाडिएर ।’ रूपकको अनुभव बोल्यो ।

इज्जतिलो कार्यालयमा प्रतिष्ठित जागिर छ रूबिनाको, र रूपक पत्रकार । दुनो सोझ्याउनेदेखि ख्याति कमाउनेसम्मको सबै काममा उत्तिकै खप्पिस । रूबिनासँग मात्र नभएर यस्ता थुपै्र पात्रसँग उनको यस्तै लीला चल्छ । त्यत्रा पात्रसँग उनी कसरी लपक्क टाँसिन सक्छन्, त्योचाहिँ सबैका लागि खोजको विषय ।

टिङ्टिङ्, टिङ्टिङ् । कविकान्तलाई चुप लाग्ने सङ्केत गर्दै फोन उठाए रूपकले र फटाफट जिज्ञासा राखे – ‘अघि किन फ्याट्टै फोन काटेकी ?’

‘थाहै नदिई ढाडे आयो नि त त्यतिखेर, त्यही भएर ।’ रूबिनाको प्रस्ट जबाफ थियो ।

‘अनि, अहिले ?’ रूपकले जिज्ञासा थपे ।

रूबिनाले लाडे पल्टिएर हाँस्तै जबाफ लाइन् – ‘ढाडे अहिले त निदाईकन घुर्न थालिसक्यो नि । ढुक्कले गफिए हुन्छ, म अर्कै कोठामा छु ।’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x