सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देशको अवस्था

कुरा बुझ्नुपर्नेहरू बुझ्न छाडे नबुझ्नेहरू बन्न पाएर साँडे उचाले कसैले कसैले पछारे सधैँ देशलाई निचोरेर मारे !!

Nepal Telecom ad

जहाँ योग्यताको कुनै मोल छैन
जहाँ मोल चिन्ने कुनै योग्य छैन
कुरामात्रले हुन्न यो रोग शेष
यहाँ मृत्युशय्या पुगेको छ देश !!

न कोही छ गर्ने यहाँ काम एक
कुराबाट टार्छन् समस्या अनेक
सबै विज्ञ बन्ने अनौठो छ रोग
यहाँ देशमात्रै सधैँ गर्छ शोक !!

कतै विज्ञ आए स्वयं भोट पाई
समस्या निफन्ने उकेरा लगाई
कहाँ पाउँथे काम ती गर्नलाई
प्रजातन्त्र हाँस्यो कि रोयो डराई !!

कुरा बुझ्नुपर्नेहरू बुझ्न छाडे
नबुझ्नेहरू बन्न पाएर साँडे
उचाले कसैले कसैले पछारे
सधैँ देशलाई निचोरेर मारे !!

तगारा नियाल्दै उठौँ एक बन्दै
छिचोलेर सारा समस्या निफन्दै
कुरा बुझ्न सक्दा समस्याहरूका
समस्याहरूमै समाधान हुन्छन् !!

मेनपा १३, झापा, हाल बेलायत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वर्तमान नेपाल

वर्तमान नेपाल

दुष्यन्त भट्टराई
लाग्छौ तिमी ईश्वरझैँ मलाई

लाग्छौ तिमी ईश्वरझैँ मलाई

दुष्यन्त भट्टराई
बङ्करबाट विलौना

बङ्करबाट विलौना

दुष्यन्त भट्टराई
वर्तमान नेपाल

वर्तमान नेपाल

दुष्यन्त भट्टराई
मेरा लागि व्रत नबस

मेरा लागि व्रत नबस

दुष्यन्त भट्टराई
प्यारी र दाह्रीको जुहारी

प्यारी र दाह्रीको जुहारी

दुष्यन्त भट्टराई
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही