सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पीडापोखरी-हाँसोपोखरी

गौरवपूर्ण जीवन बाँचिरहेका जो कोही वृद्धवृद्धाले बुढ्यौली जीवनलाई त्यस्तो जीवन बनाउन सक्नुपर्छ जसले आफूमा विद्यमान कुनै पनि किसिमको पीडालाई हाँसो र आत्मसन्तुष्टिमा बदल्ने क्षमता राखोस् ।

Nepal Telecom ad

वासुदेव गुरागाईं :

संसार पीडैपीडा मात्रको पहाड हुन्थ्यो भने शब्दकोशमा हाँसो शब्द समेटिने थिएन । संसार हाँसैहाँसो मात्रको सागर हुन्थ्यो भने पनि शब्दकोशमा पीडा शब्द समेटिने थिएन । यसबाट के बुझिन्छ भने संसारमा पीडा पनि छ, हाँसो पनि छ । दुवैको उपस्थिति र सम्मिलन हो यो सारा संसार । यहाँ उल्लेख गरिएको संसार कुनै मूर्त वा अमूर्त वस्तुको ढिक्का होइन, यो त तपाईं हामी सबैको उपस्थितिको समग्र स्वरूप हो । हातेमालो हो । आपसी व्यवहार हो । आपसी सौहार्दतासहित सन्तुलित समाजको निर्माण हो । यसैमा संसार रमेको छ र यसैमा संसार अडेको पनि छ ।

कुरा गरौँ अब पीडाको । पीडा शारीरिक चोटपटकका कारणले पनि हुन्छ, मानसिक आघातका कारणले पनि हुन्छ । यो पीडाको अलग-अलग अवस्था हो । शारीरिक चोटपटक लाग्दा एक किसिमको पीडा हुन्छ भने मानसिक आघातमा अर्को किसिमको पीडा । यसरी बुझ्दा शारीरिक वा मानसिक जटिलताको प्रत्यक्ष अनुभव, वेदना, व्यथा, कष्ट आदि सबै पीडाका अवस्था हुन् । शारीरिक चोटपटकको पीडामा औषधिका माध्यमबाट त्यस्तो चोट वा पीडाको उपचार हुन्छ भने मानसिक आघातको चोटमा व्यक्तिको संयमता र धैर्य नै यसको उपचार हो । औषधि हो । पीडाका अवस्थामा जो कसैको पनि अनुहारमा उज्यालोपन हुँदैन । मलिनता र अँध्यारोपनको उपस्थिति हुन्छ ।

हाँसो खुसीका अवस्थामा व्यक्तिको बाह्य मुखाकृतिमा देखिने प्रफुल्लावस्था हो । मुखाकृतिको उज्यालोपन हो । त्यसैले हाँस्नु भनेको मुखको मुद्रा र कान्तिले हृदयको खुसी वा आनन्द प्रकट गर्नु, कुनै पनि विषयको खुसीले मुखबाट आवाज निकालेर प्रसन्नता प्रकट गर्नु आदि अवस्था हो । हाँसो स्वखुसीमा पनि निस्कन्छ र परगिल्ला वा उपहासमा पनि ओइरिन्छ । तर यहाँ उल्लेख गर्न खोजिएको हाँसोको अवस्था भने मानसिक सन्तुष्टि वा हृदयको आनन्दावस्था हो, जो कुनै पनि प्रकारको पीडाजन्य अवस्थाको अनुपस्थितिमा जन्मिन्छ, उपस्थितिमा होइन ।

मानिसको वृद्धावस्था भनेको एक हिसाबले सक्रिय जीवन कर्मबाट एकपछि अर्को गरी ओइलिँदै गएको अवस्था हो । शिथिल हुँदै गएको परिस्थिति हो । यो अवस्था र परिस्थितिले जो कोही पनि मानिसलाई नजानिदो किसिमले क्रमशः अरूबाट भौतिक वा अभौतिक रूपमा एक्ल्याउँदै लैजान्छ । यसरी एक्लिनु परेपछि आप्mनै मनसँग कुराकानी गर्ने र विगत सम्झेर समय कटाउने स्थिति बन्छ ।

विगत जो कसैको पनि सुखद मात्र हुन्न दुःखद पनि हुन्छ । विगत जस्तो भए पनि वर्तमान सबै वृद्धवृद्धाको कुनै न कुनै हिसाबले दुःखदावस्था हो । कुनै न कुनै किसिमको पीडाले मानसिक तनाव दिइरहने अवस्था हो । सबै कुरा आपैmँले भनेजस्तो, आपैmँले सोचेजस्तो, आपैmँले चाहेजस्तो कसैको पनि हुँदैन । व्यवहार, रोजगारी र घरायसी जिम्मेवारी आदिका हिसाबले आप्mनै सन्तान पनि आफूबाट टाढा भइरहेको अनुभूति हुन थाल्छ यस्तो अवस्थामा । यो स्वाभाविक पनि हो । स्वाभाविक यस अर्थमा कि वृद्धावस्थाका बाबुआमा वा जो कोहीलाई ढुकेर बसेर कसैको पनि व्यवहार चल्दैन । भविष्य बन्दैन । उनीहरूका पनि छोराछोरी हुन्छन्, घर व्यवहार र अन्य जिम्मेवारी हुन्छ । त्यस्ता कुरालाई बृद्धावस्थाका बाबुआमा वा अरूले विचार गरिदिनुपर्छ । मनन गरिदिनुपर्छ । यसो नगर्ने हो भने सृष्टिले निरन्तरता पाउनै सक्तैन । सृष्टिलाई गतिमान बनाउन पनि यो जरुरी छ । तर त्यसको पनि एउटा निश्चित सीमा भने हुनुपर्छ ।

आफ्ना छोराछोरी वा अन्य जो कोही आश्रयदाताको यस्तो अवस्था विचार नगरिदिने र आफ्नै मात्र विषयमा सोचिरहन थालेपछि वृद्धवृद्धामा मानसिक पीडा दिन प्रतिदिन एकपछि अर्को गरी थपिन थाल्छ । यदि यही कुरालाई वृद्धवृद्धाले माथि उल्लेख गरिएझैँ मनन गर्ने हो भने आफूमा उत्पन्न त्यस्ता पीडा स्वतः कम हुँदै जान्छन् । यसरी पीडा कम हुँदै जानु भनेको हृदयमा सन्तुष्टि भरिन थाल्नु र परिणाममा त्यो हाँसो वा मुस्कुराहटमा बदलिने अवस्था सिर्जना हुनु हो ।

फेरि अर्को कुरा वृद्धवृद्धा वा अन्य जो कोही मानिसमा पीडाको कारण पारिवारिक बेमेल वा असमन्जस मात्र हुन्न । राम्रो आर्जनमा रहेका कतिपय मानिस उमेर हद वा अन्य कारणले त्यस्तो अवस्थाबाट वञ्चित भएपछि ती अथाह पीडामा पर्छन् । बाहिर व्यक्तिदैनन् तर भित्रभित्र त्यसै-त्यसै मुकुरिइरहन्छन् । यस्तो अवस्था भनेको चिन्तामाथि चिन्ता थपिने अवस्था हो । जसले मानसिक पीडा सञ्चितिमा पर्याप्त योगदान गर्छ । यस्तो योगदानले उसको भावी जीवनमा नकारात्मक प्रभाव पर्दै र बढ्दै जान्छ । यस्तो अवस्था जागिरदार, उद्योगी, व्यापारी, शासक, प्रशासक, गायक-गायिका, कुनै पनि क्षेत्रका बिचौलिया, दलाल, लेखक/साहित्यकार, कलाकार, राजनीतिज्ञ, राजनीतिक नियुक्तिबाट विमुख पात्र, प्राकृतिक वा अन्य विपद् पीडित आदि सबैमा पर्छ । समाजभित्र यस्ता धेरै पात्र/पात्रा छन् जो यस्तो अवस्थाको सिकार बनिरहेका छन् । समाजलाई नजिकबाट नियाल्दा यस्ता कुरा पर्याप्त भेटिन्छन् ।

पछिल्लो समय युवाको विदेश मोह र बाध्यता पनि पीडामाथि पीडा थप्ने कुरामा मुख्य कारण बनेर हाम्रो समाजलाई विचलित गराउन उद्यत छ । कतिपय अवस्थामा यो मोहजस्तो देखिए पनि यथार्थमा यो स्थिति अधिकांशको बाध्यता बनेको देखिन्छ । यसबाट कतिपय लाभान्वित पनि भएका छन् भने कतिपय भएको सम्पत्ति स्वाहा पारेर बिचल्लीमा परेको स्थिति पनि छ । यी सबै कुराको मार कार्यालयको प्रमुखले आफूभन्दा तल्लोलाई गाली गरेपछि त्यो गाली सर्दै गएर कार्यालय सहयोगी (साबिकमा पियन पदनाम) का घरमा मकै भुट्दै गरेको हाँडी फुटेको भन्ने कहावतजस्तो हुँदै तल-तल चुहिँदै गएर बढीभन्दा बढी वृद्धावस्थाका मानिसमा पर्न पुगेको हुन्छ । कारण- शारीरिक रूपमा सक्षम र हिम्मत भएका मानिस जसरी पनि आप्mनो गुजारा चलाउँछन् तर तिनका अभिभावक बनेर घर कुरुवा बनेका वृद्धवृद्धा हरहमेशा चिन्ताको भुमरीमा जकडिन पुग्छन् । वृद्धावस्थामा सुख सुबिधाका साथ बसौँला, खाऔँला भन्ने सोचमा रहेका त्यस्ता वृद्धवृद्धामा यस्तो परिस्थिति सिर्जना हुन गयो भने अवश्य नै तिनको मानसिक स्थिति यथास्थितिमा रहन सत्तैmन । रहँदैन । जतिसुकै कठोर बनेर मनलाई बाँधे पनि तिनको मानसिकतामा सानो वा ठुलो चोट परिहाल्छ । जसले मानसिक पीडाको बढोत्तरीमा ठुलो भूमिका खेल्छ ।

खोलामा बगेका मानिसले तैरिने प्रयास गर्नैपर्छ । पहिरोमा परेकाले बाहिरिने प्रयत्न गर्नैपर्छ । प्राकृतिक विपद्ले महलको मानिस मैदानमा झर्नसक्छ । ठुला-ठुला उद्योगी व्यवसायी पनि आप्mनो उद्योग व्यवसायमा निरन्तरको गिरावट आएर नाङ्गलोमा सीमित हुन सक्छन् । त्यसैले कतिखेर को के हुन्छ थाहा छैन । तर यी सबैको परिणाम पीडाको उत्पत्ति र भण्डारणमा अभिवृद्धि हो । यस्तो अवस्था प्रायः जीवनको उत्तराद्र्धकालतिर आइलाग्छ । जीवनको उत्तराद्र्धकाल भनेको जो कोही मानिसको वृद्धावस्था हो । अशक्तावस्था हो । ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैँको स्थिति हो । यस्तो अवस्था नचाहेर पनि कतिपय मानिसले बेहोर्नै पर्छ । यसको सार परिणति माथि उल्लेख गरिएझैँ हुने भएकाले यसलाई पटक पटक दोहोर्‍याइरहन आवश्यक रहेन । तर, यस्तो अवस्थामा गर्ने के ? त्यो चाहिँ महत्वपूणर् विषय हो ।

कतिपय राजनीतिज्ञ वा ती आबद्ध दल राजनीतिक झुक्यानको भाषामा कतिपय अप्ठ्यारो अवस्थामा शोकलाई शक्तिमा बदल्ने कुरा गर्छन् । सोही अनुरूपको नारा दिन्छन् । शोक शक्तिमा बदलिन्छ कि बदलिन्न थाहा छैन तर केही समयका लागि तिनका अनुयायी यस्ता भाषामा अलमलिन्छन् र तत्कालको शोकावस्थालाई बिर्सछन् । मानसिक पीडा वा अप्ठ्यारो अवस्थाबाट अलमलिन पारिवारिक वा अन्य किसिमको पीडामा परेका मानिसको घरायसी जीवनका सन्दर्भमा पनि यस किसिमो भनाइ र विधि लागु गर्न सकिन्छ । गरिनुपर्छ । यसो हुन सक्यो भने पीडावस्था र त्यसको अनुभूति स्वतः कम हुँदै जान्छ । सन्तोषको सास बाक्लिदै जान्छ । यसपछिको स्थिति भनेको हाँसो उत्पन्न हुने स्थिति हो । विगतको जस्तो अट्टहास हाँसो उत्पन्न हन नसके पनि जीवन मुस्कानमय भने अवश्य नै बन्छ । वृद्धवृद्धाले जुनसुकै परिस्थितिमा यस्तो मुस्कानमय स्थिति सिर्जना गर्नैपर्छ । रोएर, कराएर, पीडाबोध वा गुनासो गरेर मात्र कुनै पनि किसिमको सकारात्मक प्राप्ति हुँदैन ।

अनि, अर्को एउटा बुझ्र्नपर्ने कुरा- बुढ्यौली जीवन सबैले प्राप्त गर्न सक्दैनन् । स्वस्थ भएर दीर्घकालसम्म बाँच्न पाउने अवसरलाई भगवान्को आशीर्वादका रूपमा लिनुपर्छ । यो जो कोही पनि बुढ्यौली जीवन बाँचिरहेका व्यक्तिका लागि गौरवावस्था हो । यस्तोमा बिनासङ्कोच भगवान्प्रति कृतज्ञता प्रकट गरेर गौरवबोध गर्नैपर्छ । त्यसैले यसरी गौरवपूर्ण जीवन बाँचिरहेका जो कोही वृद्धवृद्धाले बुढ्यौली जीवनलाई त्यस्तो जीवन बनाउन सक्नुपर्छ जसले आफूमा विद्यमान कुनै पनि किसिमको पीडालाई हाँसो र आत्मसन्तुष्टिमा बदल्ने क्षमता राखोस् । यस्तो क्षमताले मानसिक पीडापोखरी पुरिएर त्यसै स्थानमा हाँसोपोखरी निर्माण हुन्छ । परिणाममा जीवन केही हदसम्म भए पनि सुखमय बन्छ । मुस्कानमय हुन्छ । यति हुन सक्यो भने बुढ्यौली वयको सार्थकता रहन सक्छ, अन्यथा अलमल र अप्ठ्यारोमै जीवन व्यतीत हुने पक्का छ । सबैलाई यथोचित चेतना भया ।

०००
२०८१/३/२५
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x