साधुराम खड्काअरुलाइ किन सत्ताेसराप ?
तर पनि कुरा चैं अरुकै काट्छन् आफू सभ्य सक्षम भएर देखाउँन हामी अरुलाइ किन सत्ताेसराप गर्छौं ?
साधुराम खड्का :
सुखी देखे जुट्छन् यहाँ
दु: ख पाए तर्किन्छन्
आफन्त नै किन नहुन्
घाउमा नि नूनचुक छर्छन्
काे आफ्नाे काे हाे पराइ
सबै रूपैयाँमा बिक्छन्
सित्तैँमा पाए अलकत्रै किन नहाेस्
खाइवरी मट्टितेलले कुल्ला गर्छन्
परि आउँदा सत्य बाेल्ने हैन
बेफ्वाँकमा आदर्शका कुरा खाेक्छन्
चुलाे त कसैले कसैकाे बाल्दैन यहाँ
तर पनि कुरा चैं अरुकै काट्छन्
आफू सभ्य सक्षम भएर देखाउँन हामी
अरुलाइ किन सत्ताेसराप गर्छौं ?
०००
बूढानिलकण्ठ, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































