साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘विजय खरेल स्मृतिग्रन्थ’ लोकार्पण, सुसेली प्रतिभा पुरस्कार अर्पण

अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता, भाषाविद, संस्कृतिविद प्रा.डा.जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, संविधान सभासद रविन कोइराला, वागमती प्रदेशका पूर्व प्रदेशप्रमुख विष्णु प्रसाईं, विजय खरेलकी जीवनसँगी पार्वती खरेलकाे उपस्थिति थियाे ।

Nepal Telecom ad

झापा, २०८१ साउन ८ । सुसेली साहित्यिक परिवारको ‘विजय खरेल स्मृतिग्रन्थ’ लोकार्पण, सुसेली प्रतिभा पुरस्कार अर्पण तथा विजय खरेलरचित गीत सार्वजनिक गर्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ ।

अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता, भाषाविद, संस्कृतिविद प्रा.डा.जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, संविधान सभासद रविन कोइराला, वागमती प्रदेशका पूर्व प्रदेशप्रमुख विष्णु प्रसाईं, विजय खरेलकी जीवनसँगी पार्वती खरेलकाे उपस्थिति थियाे ।

त्यसैगरी कार्यक्रममा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेती, रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओली, मेची वहुमुखी क्याम्पसका पूर्वप्रमुख द्वय उमा ओली, कमल गुरागाईं, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मोहनकाजी, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, नर्थ बङ्गाल युनिभर्सिटीका प्राध्यापक कृष्णराज घतानी, नेपाली साहित्य विकास समिति, झापाका अध्यक्ष केशव आचार्य, ज्येष्ठ शिक्षक सचेन राई (घुम, दार्जिलिङ), सल्लाहकार राम कट्टेल, भीम खवास, लक्ष्मी उप्रेतीलाई मञ्चमा आसिन गराएर कार्यक्रम सुरु गरियो ।

सुसापका सदस्य सुभद्रा भट्टराईबाट स्वागत मन्तव्यपछि प्रमुख अतिथि प्रा.डा.जीवेन्ददेव गिरीबाट कार्यक्रम उद्घाटन भयो र तत्कालै प्रमुख अतिथि लगायतबाट ‘विजय खरेल स्मृतिग्रन्थ’को लोकार्पण गरियो । लोकार्पित स्मृतिग्रन्थको परिचयात्मक टिप्पणी गर्ने काम डा.दशरथ खरेल तथा भूवन सुब्बाबाट भयो ।

वहुमुखी प्रतिभाशाली कवि, उपन्यासकार, गीतकार, कलाकार, गायक केसाङ लामालाई रु ११,०००/– राशि र दोसल्ला तथा प्रमाणपत्र द्वारा पुरस्कृत गरियो ।

विमला प्रधान जोशी, भूमिका राईद्वारा कविता वाचन गरिएको कार्यक्रममा चन्द्र भण्डारी, राम कट्टेल, नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, विष्णु प्रसाईं, लीला उदासी तथा प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरीले सारपूर्ण मन्तव्य राख्नुभयो ।

विजय खरेलका नाति साई किरण लम्सालले विजय खरेललाई साह्रै मनपर्ने गरेको राजेश पायल राईले गाएको गीत सुनाए र उनले विजय खरेलरचित गीत पर्दामा दृश्यसहित रेकर्ड सुनाएर सार्वजनिक गरे ।

विजय खरेलकी ठूली छोरी जयन्ती खरेलले मिठो भाषामा भावनापूर्ण शब्दावलीले सबैलाई धन्यवाद दिइन् भने त्यस्तै पूरक धन्यवादका शब्द र आफ्ना केही शब्द मिलाएर अध्यक्ष पुण्यप्रसाद खरेलद्वारा कार्यक्रम समापन भयो ।

कार्यक्रममा अतिथिको रुपमा माथि उल्लेख भएका व्यक्तिहरुका अतिरिक्त साहित्य कला सङ्गमका विष्णु न्यौपाने, प्रलेस के.स. राजेन्द्र संग्रौला, कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, डाइनामिक ग्रुपका अर्जुन खरेल, भानु साहित्यिक प्रतिष्ठानका कावा अध्यक्ष डिल्लीराम घिमिरे, महासचिव सुशील आचार्य, प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारी, प्रलेस तेह्रथुमका अध्यक्ष देवीप्रसाद संग्रौला, मेची क्याम्पसका सहप्राध्यापक चूडामणि वशिष्ठ, पुण्य खरेल, कविहरु टङ्क विकल्प, जय भण्डारीकाे उपस्थिति थियाे ।

त्यसै गरी कार्यक्रममा घरदलान साहित्य बुधबारेका संयोजक गणेश निरौला, कविहरु खगिन्द्रा खुसी, रश्मि असफल, भगवती ढुङ्गेल, जय आचार्य, एनवी दाहाल नविन, सन्तोष आचार्य, अर्जुन कार्की, अम्बिका भण्डारी, विरही अधिकारी, हरिनारायण भट्टराई, हरिप्रसाद नेउपाने, बुद्ध शान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठान अध्यक्ष शिवकुमार पौडेल, तोयालाल दाहाल, विनाेद खनाल, मिना अधिकारी, झाँक्रीखोले, डा.ठाकुर पोखरेल, सहकारी अभियन्ता रामचन्द्र उप्रेती, कविहरु अमृता पाठक चौंलागाईं, दुर्गाप्रसाद सिग्देल, अभागी थेगुवा, मायामितु न्यौपाने, सागर सिवाकोटी, जय आचार्य, हरिप्रसाद रिमाल, लता प्रसाईं, इन्दिरा खरेल, तुलसी निरौला, क्या.गोपीलाल लिम्बु, सुनीता तामाङ, सुसेली साहित्यिक परिवारका पदाधिकारीहरु, विजय खरेलका परिवार तथा नाताका व्यक्तिहरुको ठूलो समूह सहित २५० भन्दा बढीको उपस्थिति थियो ।

०००
– पुण्यप्रसाद खरेल /विनाेद खनालकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x