सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुरभिद्वारा चार जना कथाकारलाई पुरस्कार घोषणा

चौधौँ साधारण-सभाकाे अवसरमा चार जना कथाकार व्यक्तित्वलाई नगद १०,०००।- सहित पुरस्कार प्रदान गर्ने गरी पुरस्कारको घोषणा गरेको छ ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ श्रावण ८ । सुरभि साहित्य प्रतिष्ठानले आगामी श्रावण १९ गते, महिनाको तेस्रो शनिबार चौधौँ साधारण-सभा गर्ने र सोही दिन चार जना कथाकार व्यक्तित्वलाई नगद १०,०००।- सहित पुरस्कार प्रदान गर्ने गरी पुरस्कारको घोषणा गरेको छ ।

उक्त दिन दिइने पुरस्कारको लागि प्रतिभा छनौट समितिबाट सिफारिस भई आएबमोजिम सुरभि-अच्युतराम लघुकथा पुरस्कार नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् लघुकथा समाज र ललितपुर कला संस्कृति प्रतिष्ठानका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’लाई, सुरभि-प्रह्लाद नारी आख्यान पुरस्कार वरिष्ठ कथाकार श्री हिरण्यकुमारी पाठकलाई प्रदान गरिने निणर्य गरेको छ ।

त्यसै गरी सुलेख आख्यान प्रतिभा पुरस्कार आख्यानकार श्री विद्याप्रसाद घिमिरेलाई र सुरभि-वेदमणि आख्यान प्रतिभा पुरस्कार आख्यानकार श्री रामचन्द्र दाहाललाई प्रदान गरिने कुरा श्रावण ७ गते बसेको कार्यसमितिको बैठकले अनुमोदन गरेको छ ।

पुरस्कारका लागि प्रतिभा छनौट तथा मूल्याङ्कन समितिमा संयोजक श्री गोपी मैनाली र सदस्यद्वय श्री ठाकुर शर्मा भण्डारी र सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष श्री बाजुरामप्रसाद पौडेल हुनुहुन्थ्यो ।

०००
– परशुराम पराशरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x