साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै परिचयको खोजी

त्यस्तो कुनै बाँदर जन्मिएला जन्म्यो कदाचित् हनुमान् नहोला लङ्का जल्यो रावण फेरि उस्तै सीतापतिको छ दशा दुरुस्तै ।

Nepal Telecom ad

हिमालकै तुल्य थिएँ जहाँ म
त्यै शीर्षझैं उच्च उठेँ कहाँ म ?
खै बाग्मतीको जलझैँ म पानी
पुर्खाहरुको म चिनो थिएँ खै ?

आफ्ना पखेटा किन लाग्छ सस्तो
फुर्का भिरेको पुतली म जस्तो
बेहोस बेहोस छु होस मानूँ
ऐना सधैँ हेर्छु म हैन क्यारे ।

सुक्दा पिना काग कराउँदै छ
जोगी यहाँ माग्न डराउँदै छ
बन्धुत्वको शाश्वत गीत छैन
सङ्गीतमा ताल हराउँदै छ ।

म अस्मिता खोज्छु लिलाममा गै
ब्यूँताउने भन्छु मलाममा गै
उल्टो घुमेको छ दिमाग मेरो
खोज्दै छु माटो टुँडिखेलमा गै ।

नेपालमा बस्दछु गाँस निस्तो
अमेरिका पस्दछु दासजस्तो
छन् वृद्ध रोगी घर कुर्न थोत्रो
भविष्यको दिग्भ्रम यात्रुजस्तो ।

त्यस्तो कुनै बाँदर जन्मिएला
जन्म्यो कदाचित् हनुमान् नहोला
लङ्का जल्यो रावण फेरि उस्तै
सीतापतिको छ दशा दुरुस्तै ।

म श्राद्ध मेरै किन गर्छु आमा
मै बन्चरो ठोक्दछु यी घुँडामा
ब्यूँझाइद्यौ ब्यूँझनु पर्छ मैले
लामो नशामा नसुतूँ म आमा ।

प्रद्युम्नको पेट बढ्यो कि छाम्नोस्
त्यो जन्मदा मुग्दल ता नजन्मोस्
फलाम ताछे हतियार बन्छ
विनाश होला यदुवंशजस्तो ।

नेपालजस्तो घर खै कहाँ छ
माटो स्वयं लेख्दछ सिर्जना छ
आमा पस्यो यो जगभित्र पानी
यो भत्किँदा ओत बसूँ कहाँ छ ?

सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
मेरो कहाँ देश छ ?

मेरो कहाँ देश छ...

भूवनहरि सिग्देल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x