साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल आउन्नँ म

छैनन् बालन रोइला मरिसके चुड्का सुनाउन्नँ म, खोक्रो देश भजाउने भजनका सड्डीत गाउन्नँ म ।

Nepal Telecom ad

सिङ्गाे  देश चिनाउने मन गरेँ टुक्रेर साझा भयो
जङ्गे पिल्लर खै कता दशगजा खुल्ला छ खाजा भयो
खोजेँ जागिर योग्यता पनि थियो रे जात यो बाहुन
ऐले बस्छु अमेरिका सहरमा नेपाल आउन्नँ म ।

रे आह्वान छ भन्दथे कविहरू नेपाल आओस् भनी
रित्ता छन् घरगोठ योग्य करले आवास छाओस् भनी
पुर्खाका गलखेतमा बहरले बाँझो फुटाउन्नँ म
रित्तो कोख छ डम्म पेट नभरी नेपाल आउन्नँ म ।

सारङ्गी कति रेट्नु खै करङको कर्खा बनाईकन
कैले बाल्नु चुलो सधैँ नयनले बर्खा चलाईकन
भन्लान् मालिक दास के हुनगयो जेजे भनुन् सुन्दिनँ
माटोको अपमान गाउन फिरी नेपाल आउन्नँ म ।

हाँसेको अनुभूतिमा धरधरी रोए यहाँ बेस हो
खाएको अनुमान केवल भुँडी खोक्रै कसे बेस हो
छैनन् बालन रोइला मरिसके चुड्का सुनाउन्नँ म
खोक्रो देश भजाउने भजनका सङ्गीत गाउन्नँ म ।

बाआमा अति वृद्ध छन् म कसरी फिर्ता जवानी गरूँ
भाका नाघिसके निकै ऋण थियो चुक्ता म-कैले गरूँ
साथी छिन् सहचारिणी घरबिदा मागेर पाउन्नँ म
खैरीबाट बिछोडपत्र नलिई नेपाल आउन्नँ म ।

सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
मेरो कहाँ देश छ ?

मेरो कहाँ देश छ...

भूवनहरि सिग्देल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x