साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो कहाँ देश छ ?

कौवा भोज बनाउने चलन भो प्रज्ञाप्रतिष्ठानमा, पन्डा हो अब लेख्नु के म कविता तिम्रा अनुष्ठानमा ।

Nepal Telecom ad

राजाले सपना छरे मुलुक यो बन्नेछ सिङ्गापुर
त्यो विश्वास गरी समर्पित भई जोत्यौँ घुँडामा शिर
अर्को वाद खडा गर्‍यौँ सडकमा ढुङ्गा लिई उर्लियौं
सालीको कति आस गर्नु र भिना बूढा भई थोत्रियौँ ।

ऐनामा मुख हेर्छु खै विगतको बैँसालु लाली गयो
बिस्तारै अनुहारमा बिफरका छ्याका भने देखियो
लाग्थ्यो आस खुराकमा रसभरी बाँड्लान् मठाधीशले
हामी काग कराउँछौँ तर पिना मात्रै सुक्यो घामले ।

हे प्यारा कविवर्य साधु कविता लेखूँ नलेखूँ भयो
हन्डी मात्र पचाउने मुलुक यो संघीयतामा गयो
कौवा भोज बनाउने चलन भो प्रज्ञाप्रतिष्ठानमा
पन्डा हो अब लेख्नु के म कविता तिम्रा अनुष्ठानमा ।

भ्रष्टाचार हुँदैन रे जुग फिर्‍यो हुन्नन् बलात्कार रे¤
कायाकल्प समस्त देशभर नै हुन्छन् चमत्कार रे ¤
ला लोप्पा सुनकाण्ड खोज नगरूँ श्रद्धाञ्जली निर्मला
यो संघीय समाज रे अहहहा भो हाँसिद्यौ निर्मला ¤

हाँस्यो त्यो इतिहासको मृतकथा पञ्चायती काल रे ¤
हाँस्यो राज्य जहानिया विगतको हाँस्यो प्रजातन्त्र रे ¤
राष्ट्राध्यक्ष समक्ष टेक्दछ घुँडा टीका दसैँको हरे
हे हे शासक फेरियो मुलुक यो तिम्रा चमत्कारले ।

सन्नाटा किन कानमा बजिरहे जङ्गे सिमाना ढले
कोही सुन्न तयार छैन कविका आक्रोश वाणी गले
हे साथी म लिलाममा चढिसकेँ के अस्मिता शेष छ ?
मेरा प्वाँख उखेलिए बिकिसके मेरो कहाँ देश छ ?

सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x