सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राजनीति

मित्र लालबुझक्कड आए देशमा बिगुल ढोल बजाए राजनीति पर भाग्छ समाओ रोक छेक पिँडुला नकमाओ ।

Nepal Telecom ad

राजनीति गुलियो अमिलो कि ?
भागको रmगरmगे कमिलो कि ?
संविधान परिधान कि धान ?
सङ्खको भुस कुट्यो कि घुरान ?

राजनीति कि झुसेतिल खेती
चाटुकार गफका गफ रेती
यो लुतो किन मजा छ कन्याऊँ
हुन्न रे सरम काछ चलाऊँ ।

या जिरा र मसला तसलाको
स्वादिलो छ सुकुटी असलाको
प्रश्न छन् विविध उत्तर छैन
राजनीति कि जुवा बुझिँदैन ।

मित्र लालबुझक्कड आए
देशमा बिगुल ढोल बजाए
राजनीति पर भाग्छ समाओ
रोक छेक पिँडुला नकमाओ ।

सङ्खमा छ यसको अभिमान
धर्ममा छ धमिलो गुणगान
क्षेत्रमा गरिबको पहिचान
द्वन्द्वमा दमनका अभियान ।

निस्कियौँ जुलुस पक्रिनलाई
घेरियो मृगसमान फकाई
भोज निम्ति थपिए खडकौँला
हातमा सुलभ छन् बडकौँला ।

सानेपा, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
मेरो कहाँ देश छ ?

मेरो कहाँ देश छ...

भूवनहरि सिग्देल
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली