साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

मित्र लालबुझक्कड आए देशमा बिगुल ढोल बजाए राजनीति पर भाग्छ समाओ रोक छेक पिँडुला नकमाओ ।

Nepal Telecom ad

राजनीति गुलियो अमिलो कि ?
भागको रmगरmगे कमिलो कि ?
संविधान परिधान कि धान ?
सङ्खको भुस कुट्यो कि घुरान ?

राजनीति कि झुसेतिल खेती
चाटुकार गफका गफ रेती
यो लुतो किन मजा छ कन्याऊँ
हुन्न रे सरम काछ चलाऊँ ।

या जिरा र मसला तसलाको
स्वादिलो छ सुकुटी असलाको
प्रश्न छन् विविध उत्तर छैन
राजनीति कि जुवा बुझिँदैन ।

मित्र लालबुझक्कड आए
देशमा बिगुल ढोल बजाए
राजनीति पर भाग्छ समाओ
रोक छेक पिँडुला नकमाओ ।

सङ्खमा छ यसको अभिमान
धर्ममा छ धमिलो गुणगान
क्षेत्रमा गरिबको पहिचान
द्वन्द्वमा दमनका अभियान ।

निस्कियौँ जुलुस पक्रिनलाई
घेरियो मृगसमान फकाई
भोज निम्ति थपिए खडकौँला
हातमा सुलभ छन् बडकौँला ।

सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x