साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्काैलीलाई मट्याङ्ग्रे चिट्ठी

खालि बाङ्गो मात्र मन पराउने व्यङ्ग्य सम्पादक महोदय, यो कुरोको चुरो तपाईंको फित्कौली मार्फत सोझै हाम्रा राष्ट्रिय दाजु भाउजूसम्म पुगोस् भनी यो चिठी भेजेको छु । जो हो सो गरिदिनू होला !

Nepal Telecom ad

भूवनहरि सिग्देल :

सम्पादक महोदय,
फित्कौली अड्डा, कलङ्की कामठण्डाै

फित्कौलीले छोटो समयमा विशाल व्यङ्ग्य सदन तयार गरेकोमा यसका योजनाकार तथा वक्र विचारका कुरुपस्वरुपलाई नै मट्याङ्ग्रा बर्साउने इरादा पैदा भयो । पूर्वजले बनाएको तर जीर्ण-शीर्ण डबलीमा बाङ्गाखुट्टे हुल जम्मा गरेर ढोल तबला ठटाउन तम्तयार सिपाहीका फौज देखेपछि मेरो त मुटु नै काम्यो । कामज्वराे फुट्छ कि झैँ भयाे …. ।

अब म गाईखाने भ्रष्टाचार गर्दिनँ । चोरीखाने कानुन बनाएर त्यो आडमा डकैती त मरिजाउँ गर्दिनँ । खाने नाममा हसुरेर उर्मुट्टिएको भुँडीले सुकेनास लागेका लिखुरालाई ठेलेर ढलाउन्नँ ।

चित्लाङको चोरबाटो चेली लगेर चितुवाको खोरमा हालेको त देख्नुहुने छैन तर प्लेनै चढाएर जनता बेच्ने खुराफाती गरेको देख्नुभो भने पुलिसलाई हतकडी नलगाउने साउती गरिदिनोस् सुटुक्क भागबन्डा मिल्छ । म भाइमारा होइन नि । त्यो भाग लिन भाउजूलाई पठाउनोस् है सङ्गपादकज्यू । तपाइँको अनुहार देखिनुहुन्न क्या !

त्यो मोटो रकम जत्ति ठूलो घर भए पनि त्यसमा अट्दैन । १५ रोपनी जग्गाभित्र बसेको छु भन्ने घमन्ड पटक्कै नगर्नोस् महोदय । फित्कौलीवालाले देख्छ त्यसभित्रको खाडल र कुनेटा । बरु यसो गर्नोस् म सल्लाह दिन्छु । केटाकेटी बेला तपाइँ छिमेकीको बारीमा फुत्त खुबै ज्यामिर चोर्नुहुन्थ्यो नि । हो त्यै बेला दाहिने हातको चोरऔँलोमा काँडो गढेको थियो नि । याद भो हैन ? अहिले त्यसको खिल पल्टेको छ । हो त्यो खिल जोगाउनोस् है !

मेरो जस्तो अवस्था तपाइँको हैन नि । तपाइँ त त्यसलाई राष्ट्रिय छुचुन्द्रे घाउ बनाउन सक्नुहुन्छ दाइ । खुरुक्क मन्त्री मण्डलबाट सिङ्गापुरमा औषधी गराउन जाने निर्णय गराउनोस् । बिरामी कुरुवा चाहियो नि ! हो बिचरी भाउजूलाई बोराको पैसा बोक्न लाउनोस् । खोक्ने खोकिरहन्छन् के नाप्छन् ! तपाइँ भुरुक्क उडेर त्यता जानोस् ।

यता राष्ट्रिय घाउका उकुच दुखेका छन् नि । हो त्यसका खेल गर्नोस् । सास बाँकी रहेसम्म तपाइँ नै हो प्रधान मन्तरी । १२ पटकसम्म त्यो पद धारण गरेर कीर्तिमान् बन्नुपर्छ क्या । त्यो खेल खेल्नोस् तर औलाको खिल चिर्ने हैन । त्यसलाइ जोगाउनोस् । त्यो त बुटी हो बुटी । पछिसम्म काम लाग्छ बाबै ।

अँ, ओखतीका बिल प्रशस्तै बनाएर ल्याउन नभुल्नुहोला नि । पैसा राम्रै बैङ्कमा लुकाएको खबर सुन्न पाउँ । त्यहाँसम्म मट्याङ्ग्रो हान्ने मान्छे छैन । ढुक्क हुनोस् ।

खालि बाङ्गो मात्र मन पराउने व्यङ्ग्य सम्पादक महोदय, यो कुरोको चुरो तपाईंको फित्कौली मार्फत सोझै हाम्रा राष्ट्रिय दाजु भाउजूसम्म पुगोस् भनी यो चिठी भेजेको छु । जो हो सो गरिदिनू होला !

उही तपाईंको
छन्दे कवि

०००
हाल- ललितपुर मुकाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
मेरो कहाँ देश छ ?

मेरो कहाँ देश छ...

भूवनहरि सिग्देल
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x