आजको कविता
कहिले नुनको हाहा कहिले तेलको भय कसैगरी हुनै दिन्न तिम्रो जीवन निर्भय । चुरो भाषा सडाएर मुर्दा मान्न लगाउँछु त्यो भाषा बिउँताएर पराई घर छाउँछु ।
दिन्न दिन्न तिमीलाई खान लाउन दिन्न म
हौ होचो पोइकी जोई भाउजू हुन दिन्न म ।
तिम्रो रुप र सौन्दर्य दिगो रहन दिन्न म
सुन्दरी उपमा तिम्रो बिगारी ध्वस्त पार्छु म ।
दाइजो माइती पेवा एउटै छुन दिन्न म
तिम्रो कन्तुरको साँचो खोसेरै लिन्छु लिन्छु म ।
तिम्रै सन्तानले बेच्छन् भाषा धर्म र संस्कृति
रित्तिएपछि भर्नेछु परधर्म र दुष्कृति ।
कहिले नुनको हाहा कहिले तेलको भय
कसैगरी हुनै दिन्न तिम्रो जीवन निर्भय ।
चुरो भाषा सडाएर मुर्दा मान्न लगाउँछु
त्यो भाषा बिउँताएर पराई घर छाउँछु ।
रत्नखानी तथा पानी जवानी हात लाउँछु
तिम्रो वास उठाएर मेरो कोठा सजाउँछु ।
आँतमा भोकको ज्वाला जब दन्कन्छ बेसरी
त्यो तिम्रो अस्मिता टिक्ला नबेचेर कसोगरी ।
सानेपा, ललितपुर