साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको कविता

कहिले नुनको हाहा कहिले तेलको भय कसैगरी हुनै दिन्न तिम्रो जीवन निर्भय । चुरो भाषा सडाएर मुर्दा मान्न लगाउँछु त्यो भाषा बिउँताएर पराई घर छाउँछु ।

Nepal Telecom ad

दिन्न दिन्न तिमीलाई खान लाउन दिन्न म
हौ होचो पोइकी जोई भाउजू हुन दिन्न म ।
तिम्रो रुप र सौन्दर्य दिगो रहन दिन्न म
सुन्दरी उपमा तिम्रो बिगारी ध्वस्त पार्छु म ।

दाइजो माइती पेवा एउटै छुन दिन्न म
तिम्रो कन्तुरको साँचो खोसेरै लिन्छु लिन्छु म ।
तिम्रै सन्तानले बेच्छन् भाषा धर्म र संस्कृति
रित्तिएपछि भर्नेछु परधर्म र दुष्कृति ।

कहिले नुनको हाहा कहिले तेलको भय
कसैगरी हुनै दिन्न तिम्रो जीवन निर्भय ।
चुरो भाषा सडाएर मुर्दा मान्न लगाउँछु
त्यो भाषा बिउँताएर पराई घर छाउँछु ।

रत्नखानी तथा पानी जवानी हात लाउँछु
तिम्रो वास उठाएर मेरो कोठा सजाउँछु ।
आँतमा भोकको ज्वाला जब दन्कन्छ बेसरी
त्यो तिम्रो अस्मिता टिक्ला नबेचेर कसोगरी ।

सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
मेरो कहाँ देश छ ?

मेरो कहाँ देश छ...

भूवनहरि सिग्देल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x