साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्त काकाहरूको चुनावी प्रचार

सधैँ सत्य बोल्ने विभीषणको सातो फाल्नुपर्छ हामी प्रवृत्तिले रावणका पक्षधर र कौरवका रक्तविज हौँ अब हामी सर्वहाराहरू पूँजीपति बन्ने दिन आएको छ । यस पटकको जीत हाम्रै हुनेछ ।

Nepal Telecom ad

नदी भट्टराई :

काकाको भाषण यसरी सुरु हुन्छ –

आदरणीय आमादिदी तथा दाजुभाइहरू हो !
यस पटक भोट एस्मा…. हाल्नुपर्छ
चोकचोकमा हल्ला गर्नुपर्छ
भट्टीभट्टीमा भोगविलासको सल्लाह गर्नुपर्छ
मासुभात र दिनको भत्ता मात्र पाएपछि
खास देशको विराम देख्न सकिने एउटा चेस्मा’ हाल्नुपर्छ
यहाँ मेरा हातमा भएको कागजमा हेर्नोस्
दृष्टिकोण होइन ,अब दृष्य फेर्नोस्
आ ! मूल परिवर्तन गर्नोस्
आस्था र भरोसा तथा नैसर्गिक अधिकारको नाममा
अब ती वृद्ध बाआमाको के काम ?
आवश्यकता पर्यो भने युद्ध मैदानमा
एकै पटक सबै हाम फाल्न सक्नुपर्छ
बरु सामान ओसारपसार गर्न
हाम्रो लागि भारी पो कम हुन्छ कि !
अब यो पुराना अशोकवाटिका उखालेर मिल्काउनुपर्छ
बाँदर हुनुको कर्तव्य र गर्वबोध पूरा गर्नुपर्छ
हामी त नयाँ राम भन्दा नि दया – रामको भक्त हौँ
चाकडी , चाप्लुसीको चम्चा र पुच्छर भएकैले
आमा पनि बेच्न सकेका हौँ !

त्यसैले यस पटक
हामी भेँडा, गधा र हनुमान बन्न पाएकोमा गर्वबोध गर्नुपर्छ ।
ठाउँठाउँमा युवायुवतीहरूको गोष्ठी गर्नुपर्छ
र चोर्न , लुट्ट र व्यभिचार गर्न तालिम दिनुपर्छ
शिक्षकले विद्यालयमा राजनीतिक संगठन खोल्न
नदिएर नैतिक शिक्षा पढाइरहेको छ रे
उनीहरूलाई
जङ्गलबाट एक हुल मृत्युसम्मानको टोली आउँदैछन्
इच्छापत्रमा सही गरी रूखको फेदमा बसेर धैर्यधारण
गर्ने आग्रह गर्न नारद पठाउनुपर्छ ।

महोदय !
हाम्रा यादबहादुरहरूलाई थाहा हुनुपर्छ –
हामी यादव सेना / नारायणी सेना पो हौँ त ,
जाबो एक्लो कृष्णले के सहयोग देलान् र !
त्यसो त ती ,
वेद , पुराण ,वाइवल र त्रिपिटकहरू जलाउनुपर्छ
र आफ्नै दामराज्य कायम गर्नुपर्छ ।
हामीले नै स्थापना गरेको दलित,
आदिवासी र जनजाति साथीहरूलाई
आफ्नो छुट्टै पुर्ख्यौली खोज्न उक्साउनुपर्छ
गरिब, अशिक्षित, उत्पीडित र असहायहरूलाई
दारुको चिन्ता राखेर बकाउनुपर्छ
सोझो औँलाले घिउ आएन भने
ती सबै प्रतिपक्षीलाई लाहाको घरमा सिध्याउनुपर्छ
सधैँ सत्य बोल्ने विभीषणको सातो फाल्नुपर्छ
हामी प्रवृत्तिले रावणका पक्षधर र
कौरवका रक्तविज हौँ
अब हामी सर्वहाराहरू पूँजीपति बन्ने दिन आएको छ ।
यस पटकको जीत हाम्रै हुनेछ
हामीले हार्न जानेकै छैन
हारिहाले पुनः युद्ध मैदानमा जाने
आँट गरेको छैन ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x