सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सम्धी पुराण

सम्धी भए आड भरोस हुन्छ छैनन् कसैका किन लुट्न पर्छ समात सम्धी बलियो गरेर सम्पन्नताको अब सुत्र हेर । ठेक्दार छोरो किन औसधी त्यो समात सेना र कमाउ थुप्रो ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

यता छ खाली सिट सम्धिनीको
सम्धी भए के पद छोड्न हुन्थ्यो
छोरा र छोरी अझ भर्न बाँकी
तेस्रो अझैँ नम्बर काकु काकी ।१

दो चार टङ्की अझ भर्न बाँकी
हुने कुरा हुन् यति गुड्डि हाँकी
सामान किन्दा पनि चाट हात
त्यो कोरनाले पनि दिन्छ साथ ।२

साला निकाले अझ धेर हुन्छन्
बेकार मान्छे किन कुन्नि रुन्छन्
साली छ खाली पदमा नभाकी
आफ्नै छ साली घरमा नगाकी ।३

बाँचून् मरुन् मत्लब कत्ति छैन
पैसा र सामर्थ्य न भै भएन
ईश्वर हो होइन भन्छ कस्ले
मान्छे मरे भो किन रुन्छ उस्ले ।४

गरीब भै बाँच्न भनेर आयौ
टपक्क छापा मतमा लगायौ
तिहाइ तिम्रो मतले दिएको
खोसेर तिम्रो कसले नखाको ।५

त्रिपाल जस्ता अझ तान्न बाँकी
कात्रो किने मिल्छ निकै न फाँकी
ठेक्का र पट्टा अब मिल्न सक्छ
मुहानबाटै सब छिन्न पर्छ ।६

सम्धी भए आड भरोस हुन्छ
छैनन् कसैका किन लुट्न पर्छ
समात सम्धी बलियो गरेर
सम्पन्नताको अब सुत्र हेर ।७

ठेक्दार छोरो किन औसधी त्यो
समात सेना र कमाउ थुप्रो
कुरा दुई हुन्छ भनेर भन्छौ
सम्धी समाती कति हिँड्न सक्छौ ?८

०००
भरतपुर, चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
पिता माता हुन् हाम्रा चेतना-प्रभा

पिता माता हुन् हाम्रा...

घनश्याम रेग्मी
गन्तव्य नै हराए

गन्तव्य नै हराए

घनश्याम रेग्मी
घोडेजात्रा र नेता

घोडेजात्रा र नेता

घनश्याम रेग्मी
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
स्वर्ण माहात्म्य

स्वर्ण माहात्म्य

घनश्याम रेग्मी
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल