साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्धी पुराण

सम्धी भए आड भरोस हुन्छ छैनन् कसैका किन लुट्न पर्छ समात सम्धी बलियो गरेर सम्पन्नताको अब सुत्र हेर । ठेक्दार छोरो किन औसधी त्यो समात सेना र कमाउ थुप्रो ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

यता छ खाली सिट सम्धिनीको
सम्धी भए के पद छोड्न हुन्थ्यो
छोरा र छोरी अझ भर्न बाँकी
तेस्रो अझैँ नम्बर काकु काकी ।१

दो चार टङ्की अझ भर्न बाँकी
हुने कुरा हुन् यति गुड्डि हाँकी
सामान किन्दा पनि चाट हात
त्यो कोरनाले पनि दिन्छ साथ ।२

साला निकाले अझ धेर हुन्छन्
बेकार मान्छे किन कुन्नि रुन्छन्
साली छ खाली पदमा नभाकी
आफ्नै छ साली घरमा नगाकी ।३

बाँचून् मरुन् मत्लब कत्ति छैन
पैसा र सामर्थ्य न भै भएन
ईश्वर हो होइन भन्छ कस्ले
मान्छे मरे भो किन रुन्छ उस्ले ।४

गरीब भै बाँच्न भनेर आयौ
टपक्क छापा मतमा लगायौ
तिहाइ तिम्रो मतले दिएको
खोसेर तिम्रो कसले नखाको ।५

त्रिपाल जस्ता अझ तान्न बाँकी
कात्रो किने मिल्छ निकै न फाँकी
ठेक्का र पट्टा अब मिल्न सक्छ
मुहानबाटै सब छिन्न पर्छ ।६

सम्धी भए आड भरोस हुन्छ
छैनन् कसैका किन लुट्न पर्छ
समात सम्धी बलियो गरेर
सम्पन्नताको अब सुत्र हेर ।७

ठेक्दार छोरो किन औसधी त्यो
समात सेना र कमाउ थुप्रो
कुरा दुई हुन्छ भनेर भन्छौ
सम्धी समाती कति हिँड्न सक्छौ ?८

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x