साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाइन

अझ खास कुरा भन्नु हो भने, नेताहरू टिकट पाउने लाइनमा उभिनलाई के के नै गर्दैनन्। उनीहरू साम दाम दण्ड भेज चलाउँछन्, जसरी पनि यसपालीको चुनावको लाइनमा मैले टिकट पाउनैपऱ्यो।

Nepal Telecom ad

नगिता लेप्चा राई :

पहिले स्कूलको प्रार्थना सभामा हामी विद्यार्थीहरू लाइनमा पङ्क्तिबद्ध उभिएर स्कूलको प्रार्थना गीत गाउने गर्दथ्यौं। हिजोआज यो लाइन स्कूलको प्रार्थना सभामा बाहेक पनि जताततै देखिन थालेको देखिन्छ।

राशिन दोकानमा जानुहोस् लाइनै उभिनुपर्छ। बिहे बटुलमा जानुहोस् त्यहाँ पनि लाइनमै उभिएर प्लेट चम्ची टिसु पेपर बोकी उभिरहनुपर्छ। लामो लाइन। बिहे बटुलमा यो लाइनमा उभिएर बुफे सिष्टम उपयोग गर्नु उत्तम। तर माझमा फेरि थप्नुपऱ्यो भने लाइनमा उभिने कुरै आएन ।

लाइनहरूलाई गोहार माग्दै बल्ल बल्ल छिरी आफूले थप्नुपर्ने खानेकुरा लिनु सकिन्छ। तर कतिपय बिहे बुटलको लाइनमा फेरि फेरि थप्नुजाँदा कसैले छिर्नु दिए त के! यसैकारण एक खेपमा सानो प्लेटमा बुफे राखिएका परिकार परिकारका पकवान हाल्नुपर्छ। ती जम्मै पकवान प्लेटमा थुप्रिएर कम्ति कन्तबिजोग हुँदैन खै के भन्ने ?

लाइनमा उभिएर पकवान बाँड़्ने ठाउँमा पुग्दा शुरुमै सलाद, चिप्स, त्यसपछि भात इत्यादि इत्यादि। किसिम किसिमका परिकार थुप्रिँदै जाँदा सलाद चेप्टिएर कुन दुलामा परेको हुन्छ त्यो फेला पार्नु कम्ति त सारो पर्दैन। दाल, पनिर, मासुको ग्रेभीले भिजेर मरक मरक बज्ने चिप्स प्यारालाइसिस भएको कुकुर जस्तो देखिन्छ।

त्यस्तो लुतो चिप्सलाई मुखमा हाल्यो कि मरक मरक नबजेर कागज चपाएजस्तो हुन्छ। खानामा दिने चम्ची पनि दरो भए त हुने नि प्लाष्टिकको। अलिक तलतिर खोतल्यो कि प्लाष्टिकको चम्ची लजाएर हो वा के ले हो कोनि…. मटनको हड्डी नै उछिटिन थाल्छ। यसकारण यो लाइनले अत्यास पारेको छ बिहे बटुलमा।

यहाँ लाइनमा बस्दा बूढ़ो हुने थुप्रै छन्। सबैको मनमा यो लाइनले भय उत्पन्न गरेको छ। अस्पतालमा दवाई लिनु जानुहोस्…त्यहाँ पनि लाइऩ। पोष्ट अफिसमा चिठी पोष्ट गर्न जानुहोस् त्यहाँ पनि लाइऩ नै। रेल वा बस काउण्टरमा पनि लाइन।

हिजोआज सपना भनुँ या विपना लाइनमै आउन थालेको छ। किनभने हिजोआज हामी धेरै सपना देख्छौं, सपना बुन्छौं…विपना पनि लाम लागेर पर्खिरहेको हुन्छ। तर सपनाको लाइऩ कहिल्यै टुङ्गोमा पुगेको देखिन्न।

सरकारी कार्यालयतिर हेर्नुहोस् चम्चेहरूको लाइन लागेको हुन्छ। मोटरस्ट्याण्ड, बस स्ट्याण्ड वा हिजोआज होटलतिर पनि दलालहरूको लाइन लागेको हुन्छ। त्यही दुष्ट लाइनले कतिपयलाई बेलाइन पारेको कुरा हामीले सुन्न पाइरहेका छौं।

अझ राजनीतिमा पार्टीको लाइनले मुलूक मारेको छ। झण्डीको बजारमा नाराको गगनभेदी आवाजले जुलूसमा लाइन लागेर हिँड़्नेहरूको फुर्के, धमास देख्नुभयो भने तपाईको गिदीको लाइनमा रिसको करेण्टले तिरिखिरी पार्छ।

हिजोआज सरकारी पदको निम्ति लाइनको जगजगी कम्ति छैन। नोकरी पक्का हुनाको निम्ति लाइनमा उभिनुपर्छ वर्षौं वर्षौं तरै पनि त्यो नोकरी लाइन कहिल्यै टुङ्गोमा पुग्दैन। यो लाइन क्लियर कहिल्यै हुँदैन। लाइन क्लियर गर्ने एउटै उपाय छ हाकिम तिनका पूच्छरेलाई खामको लाइन तेर्स्याइदिनुपर्छ। तब मात्रै लाइन ठिक ठाउँमा पुगेर अड़िन्छ अऩि लाइफ स्टाइलको लाइन नै गज्जब हुन्छ।

सरकारी पदका लाइनहरू स्वच्छ हुँदैनन्, भएनन कहिल्यै।
मट्टितेल, ग्यास, डिजल, लाइसेन्सको निम्ति पनि लाइनमै उभिनुपर्छ। ठूल्ठूला शहरका श्मशानघाटतिर पनि लास लाइनमै राखेर आफ्नो पालो कुर्नुपर्छ। खै त्यहाँ पनि खामले गायत्री मन्त्र जाप गरे लास जल्ने पालो पहिल्यै आउँछ कि के ठेगान ! त्यस्तो अवस्था नआउला हो…तर भविष्यमा त्यो दसा नआउँला भन्न सकिन्छ।

किनभने पहिले पशुपति मन्दिर दर्शन सजिलै सित गर्न पाइन्थ्यो तर हिजोआज मन्दिरको मूल थलोमा पुग्नलाई बस पार्कदेखि नै लाइनमा उभिँदाको जात्रो हुन्छ। तर त्यहाँ पनि यो लाइन त हात्तीको देखाउने दाँत मात्रै हो…खाने दाँत त उतातिर कतै कुनै पण्डितको पासमा छ भन्ने गाइँगुइँ नसुनिने होइन।

भन्नु उसो होइन, अहिले लाइनै लाइनको उपद्रव मच्चिएको छ। जहाँ लाइन छ त्यहाँ ज्यान छ। लाइन बेलाइन भयो कि त्यहाँ प्राण नास छ। अझ खास कुरा भन्नु हो भने, नेताहरू टिकट पाउने लाइनमा उभिनलाई के के नै गर्दैनन्। उनीहरू साम दाम दण्ड भेज चलाउँछन्, जसरी पनि यसपालीको चुनावको लाइनमा मैले टिकट पाउनैपऱ्यो।

टिकट पाउनलाई सिरिखुरी पैसा होम्न लाइनमा उभिने नेताहरू नदेखिएको होइन। बस् लाइनकै बजार छ। यसकारण अब तपाई पनि लाइनमै बस्ने र आफ्नो काम फत्ते पार्ने कोशिस गर्नुहोला। कृपया बेलाइन हुने कोशिस कदाचित् नगर्नुहोला।

000
जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x