सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राष्ट्रिय करी चा-करी !

चाकरीको नशा लाग्न थालेपछि व्यक्तिको मलद्वारलाई समेत हरिद्वार देखिन्छ । अपराधिलाई समेत सबैले प्रभो, भोलेनाथ भनेर लेखिन्छ । परोस् - नपरोस्, एक दिनको कम्तिमा चौबिस पटक, ढोग, दर्शन-भेट र सलाम ठोकिन्छ ।

Nepal Telecom ad

गायत्री लम्साल :

सबैलाई मनपर्ने,
मिठो करी चाकरी
भेज-ननभेज दुवैलाई चल्ने,
पकाउनलाई भान्छाकोठामा छिर्नै नपर्ने
सबैभन्दा उत्तम करी चाकरी ।
आत्मनिर्भर मात्र होइन,
निर्यात व्यापार समेत फस्टाएको छ ।
ओभर प्रोडक्सनले,
बजार भाऊ धेरै सस्तिएको छ ।
भण्डार गर्न कोल्ड स्टोर,
चाहिँदै – चाहिँदैन ।
सबैको घरमा यही मात्र हुन्छ,
अरु केही पाइँदै – पाइँदैन ।

दिनदिनै यही खाँदा समेत,
थाक्दै-थाकिँदैन ।
भिटामिन, मिनरल, प्रोटिन, आइरन
सबै यसैमा पाइन्छ ।
अरु केही चाहिँदै – चाहिँदैन ।
यही मात्र खाँदा समेत
पेट खराब कसैको हुँदै-हुँदैन ।
चौरासी व्यञ्जन खानेलाई त झन्
त्यो भन्दा धेरै यो नखाई छुँदै – छँदैन ।
राष्ट्रिय करी घोषणा भएकोमा
सबैले-सबैलाई धन्यवाद दिनैपर्छ ।
सित्तैमा नाम र दाम कमाउनलाई
यो करीको फुल डोज लिनैपर्छ ।

चाकरीको नशा लाग्न थालेपछि
व्यक्तिको मलद्वारलाई समेत हरिद्वार देखिन्छ ।
अपराधिलाई समेत सबैले
प्रभो, भोलेनाथ भनेर लेखिन्छ ।
परोस् – नपरोस्, एक दिनको
कम्तिमा चौबिस पटक,
ढोग, दर्शन-भेट र सलाम ठोकिन्छ ।
नैतिकता सडेर बसाएको ज्यूँदो लाशलाई
लाज, शरम, घिन केही नमानेर
आफ्नै शिरमाथि राखेर बोकिन्छ ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल