साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय करी चा-करी !

चाकरीको नशा लाग्न थालेपछि व्यक्तिको मलद्वारलाई समेत हरिद्वार देखिन्छ । अपराधिलाई समेत सबैले प्रभो, भोलेनाथ भनेर लेखिन्छ । परोस् - नपरोस्, एक दिनको कम्तिमा चौबिस पटक, ढोग, दर्शन-भेट र सलाम ठोकिन्छ ।

Nepal Telecom ad

गायत्री लम्साल :

सबैलाई मनपर्ने,
मिठो करी चाकरी
भेज-ननभेज दुवैलाई चल्ने,
पकाउनलाई भान्छाकोठामा छिर्नै नपर्ने
सबैभन्दा उत्तम करी चाकरी ।
आत्मनिर्भर मात्र होइन,
निर्यात व्यापार समेत फस्टाएको छ ।
ओभर प्रोडक्सनले,
बजार भाऊ धेरै सस्तिएको छ ।
भण्डार गर्न कोल्ड स्टोर,
चाहिँदै – चाहिँदैन ।
सबैको घरमा यही मात्र हुन्छ,
अरु केही पाइँदै – पाइँदैन ।

दिनदिनै यही खाँदा समेत,
थाक्दै-थाकिँदैन ।
भिटामिन, मिनरल, प्रोटिन, आइरन
सबै यसैमा पाइन्छ ।
अरु केही चाहिँदै – चाहिँदैन ।
यही मात्र खाँदा समेत
पेट खराब कसैको हुँदै-हुँदैन ।
चौरासी व्यञ्जन खानेलाई त झन्
त्यो भन्दा धेरै यो नखाई छुँदै – छँदैन ।
राष्ट्रिय करी घोषणा भएकोमा
सबैले-सबैलाई धन्यवाद दिनैपर्छ ।
सित्तैमा नाम र दाम कमाउनलाई
यो करीको फुल डोज लिनैपर्छ ।

चाकरीको नशा लाग्न थालेपछि
व्यक्तिको मलद्वारलाई समेत हरिद्वार देखिन्छ ।
अपराधिलाई समेत सबैले
प्रभो, भोलेनाथ भनेर लेखिन्छ ।
परोस् – नपरोस्, एक दिनको
कम्तिमा चौबिस पटक,
ढोग, दर्शन-भेट र सलाम ठोकिन्छ ।
नैतिकता सडेर बसाएको ज्यूँदो लाशलाई
लाज, शरम, घिन केही नमानेर
आफ्नै शिरमाथि राखेर बोकिन्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x