साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इलाममा सूसाप्रको आयोजनामा कट्टेलकाे कृति लोकार्पण

संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता, प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संविधान सभा सदस्य सूर्यबाला राईको विशिष्ट आतिथ्य तथा प्रा.डा. अञ्जना वस्ती भट्टराई, इतिहासविद् युद्धप्रसाद वैद्य लगायत अतिथि रहेका थिए ।

Nepal Telecom ad

फिक्कल २०८१ वैशाख १२ । लेखक इच्छाराम कट्टेलको श्री १०८ स्वामी सोमेश्वरानन्दको जीवनीमा आधारित ‘जीवनचरित्र ‘ नामक पाँचौँ कृति लोकार्पण भएको छ ।

संस्थाका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता, प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संविधान सभा सदस्य सूर्यबाला राईको विशिष्ट आतिथ्य तथा प्रा.डा. अञ्जना वस्ती भट्टराई, इतिहासविद् युद्धप्रसाद वैद्य, साहित्यकार नरहरि शर्मा अधिकारी, कृतिकार इच्छाराम कट्टेल , प्राज्ञद्वय कोमल निरौला र रविमान लम्जेल, प्रलेशका महासचिव डा.देवीक्षेत्री दुलाल, हेमराज शर्मा अधिकारी, देवेन्द्रनाथ शर्मा , लोकगायक देवीप्रसाद गौतम, कवि इन्द्रनारायण सुवेदी, समाजसेवी मिलन क्षेत्री, भूवनराज ढुङ्गाना, गायकद्वय भूपेन्द्र राई र पूजन प्रधान, पूर्व जिशिअ अर्जुन निरौला, संस्थापक अध्यक्ष विष्णुकुमार शर्मा निरौला , कवि जीवनहरि पोखरेल, जीवनकुमार नेपाल ,संरक्षक केदारनाथ अर्याल, संस्थाको सल्लाहकार संयोजक धनकुमार तामाङ, सदस्यद्वय दीपक अधिकारी र डिल्लीप्रसाद सुवेदी, करफोक माविका प्रअ गणेशप्रसाद आचार्य , कवि केशवराज पौड्याल, नरनारायण सैँजु, कवि जयनारायण भट्टराई, नारायणप्रसाद शर्मा फुयल, साहित्यकार खेमलाल पोखरेल, कमलराज भट्टराई, पदमप्रसाद ओली, वैदिक अत्री, निर्मला भट्टराई र माया ओलीलगायतका आमन्त्रित तथा स्थानीय स्रष्टाहरू अतिथि रहेका थिए ।

कार्यक्रममा सहभागी पाहुनाहरूलाई संस्थाकी सह- सचिव जुगमाया घले तथा कृतिकारका धर्मपत्नी शिक्षिका तारा कट्टेलको तर्फबाट व्याजद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य र औचित्य प्रकाश पारेपछि सिङ्गो देशलाई र स्थानीय नगरपालिकालाई क्रमशः राष्ट्रगान तथा नगरगान गाएर सम्झने काम भएको हो भने स्वामीजीको तस्बिरमा माल्यार्पण गर्दै मञ्चासिन अथिथिबाट व्यानर पढेर कार्यक्रमको घुम्टी खोलिएको हो । त्यसपछि विधिवत रूपमा संस्थाका उपाध्यक्ष कुलप्रसाद ढकालबाट कृतिको गहन कथ्य तर लामो समीक्षा भएको हो ।

कार्यक्रमको दोस्रो चरणमा केवल मन्तव्य र कृतिकार इच्छाराम कट्टेललाई शुभकामना मन्तव्य दिने कार्य भएको थियो । यसै क्रममा संस्थाका संस्थापक सदस्य विष्णुकुमार शर्मा निरौलाबाट नितान्त संस्थाको सुरु पृष्टभूमिका बारे प्रकाश पार्दै कृतिकारलाई असीम शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी कृतिकारलाई माध्यम बनाई स्वामीजीको बारे र उनका बारे लेखिएका सन्दर्भ अनि कृतिकारको तत्थ्यमा आधारित बौद्धिक लगानीको चर्चासहित शुभकामना मन्तव्य दिनेहरूमा डा.देवीक्षेत्री दुलाल, मिलन क्षेत्री, दीपक अधिकारी , देवीप्रसाद गौतम, युद्धप्रसाद वैद्य, नरहरि शर्मा अधिकारी, डिल्लीप्रसाद सुवेदी, प्राडा अञ्जना वस्ती भट्टराई, प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई आदि रहेका थिए ।

कार्यक्रममा सहभागी महानुभावहरूमध्ये तारानाथ गौतम, योगेन्द्र राय र मिलन क्षेत्रीले आजका कार्यक्रम आयोजक संस्था सूर्योदय सामाजिक प्रतिष्ठान, सूनपा -१०, फिक्कल इलामको आजीवन सदस्य बनेका थिए । कार्यक्रमको अन्त्यतिर कृतिकारले आफ्ना सार्गर्भित भनाइका साथ आफ्नै तर्फबाट सूर्योदय सामाजिक प्रतिष्ठानको लोगो अङ्कित झोलामा आमन्त्रित अथिथिहरूलाई मायाको चिनो पनि प्रदान गरेका थियो ।

वास्तवमा कार्यक्रम भव्य र सभ्य रूपमा नै समापन भएको अनुभूति भयो । तर कहिलेकाहीँ समय र परिवेशअनुसार बदलिन नसक्दा हाम्रा कार्यक्रमको पाठ्यक्रम केटाकेटीले बनाएका घर जस्तो भने हुँदो नै रहेछ । धेरैले अथाह जानेका छन् हामी कल्पना नै गर्न सक्दैनौ। कति त्यस्ता व्यक्तित्वहरूलाई चिन्न पनि नसकिरहेका छौँ तर कसलाई के के, कतिकति र कति समयमा दिने भन्ने आत्मनिर्णको मात्र हामीसँग अभाव रहेको अनुभूति भयो ।

तोकिएको समयमा र तोकिएकै व्यक्तिहरूको खास सुझाव पाउनबाट वञ्चित हुँदोरहेछौँ । त्यसो त समय अभावकै कारण अध्यक्षको मन्तव्य सुन्नबाट वञ्चित भइयो समग्र कार्यक्रमको टिप्पणी सुन्नबाट वञ्चित भइयो । अतिथिहरूका केही रचना सुन्नबाट पनि वञ्चित भएकै हौँ ।

त्यसैगरी स्थानीय सरकारको हकमा साहित्य, सङ्गीत कला – संस्कृतिको जगेर्ना गर्नुको निम्ति राज्यमा आसीन पदाधिकारीहरूको काम कर्तव्य र अधिकार के के हुन् भन्ने बारे बुझ्न चाहिँ हिजको कार्यक्रममा पाइएन ।

नगरपितासहितको जनप्रतिनिधिहरूलाई निम्ता गरिए तापनि कोही पनि उपस्थित नहुनु आठौँ आश्चर्यको रूपमा अनुभूति गरियो । तर क्रमशः सिक्ने क्रम भने जारी नै छ यो पङ्क्तिकार पनि ।

सूर्योदय नगरपालिका -१०, फिक्कल बरबोटेमा अवस्थित महिला सृजना तथा बहुउद्देशीय सहकारी संस्थाको सभाहलमा सञ्चालित र सूर्योदय सामाजिक प्रतिष्ठान , सूनपा-१०, फिक्कलको आयोजना रहेको कार्यक्रममा संस्थाका सदस्य बालकुमार फागोद्वारा स्वागत मन्तव्य र कार्यक्रमको औचित्यमातमथि प्रकाश पारिएको तथा संस्थाका सचिव प्रेमसागर भट्टराईद्वारा कार्यक्रमको सहजीकरण गरिएको थियो ।

०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराईद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x