साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रदेश १ मा प्रलेस सम्मेलन : तिला लेकाली अध्यक्ष

सम्मेलनले अध्यक्ष तीला लेकाली, उपाध्यक्षद्वय रामप्रसाद खरेल, दिनेश थापा, सचिव राजेन्द्र सर्वहारा, सहसचिव आलोक खनाल, कोषाध्यक्ष सिर्जना सरोवर निर्वाचित ।

Nepal Telecom ad

*
चैत १२, २०७८ । प्रलेस प्रदेश-१को दोस्रो राष्ट्रिय सम्मेलन बेलबारीको नगरपालिकाको सभाकक्षमा भएको छ ।

कार्यक्रम प्रदेश अध्यक्ष डा.देवी क्षेत्रीको अध्यक्षता, प्रलेस केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्य, एमाले प्रदेश अध्यक्ष तुलसी न्यौपाने, नेकपा (एस)का प्रदेश सांस्कृतिक प्रमुख विद्या चाम्लिङ, बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवदी, उपप्रमुख ढाका पराजुली आदिको विशेष आतिथ्य तथा साहित्यक स्रष्टा प्राध्यापकहरू जेबी थुलुङ, प्रेमप्रसाद भट्टराई, आचार्य-अ, चन्द्रमणि राई, भूपेन्द्र कोइराला, भीम बस्नेत, उमानाथ भट्टराई, मधु पोखरेल, राममणि पोखरेल, बोधकुमार घिमिरे, ताराबहादुर बुढाथोकी, वलराम पोखरेल, वम देवान, चेतनाथ धमला, केशव सुनाम, पुण्यप्रसाद खरेल, मिश्र वैजयन्ती, आदिको आतिथ्य भएको र प्रदेश १ का १४ वटै जिल्लाका प्रगतिशील स्रष्टा-सृजनकर्मीहरूको भव्य उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रदेश सचिव राजेन्द्र सर्वहाराले तथा उपाध्यक्ष डा. खेमराज खनालले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रा.डा. जीवेन्द्रदेव गिरीले गमलामा जल सिंचेर उद्घाटन भएको कार्यक्रममा प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माको अद्र्धकदको सालिकलाई मञ्चमै अनावरण गरिएको थियो । यो सालिक प्रलेस भवनको परिसरमा स्थापना गरेर अनावरण गर्ने भनी सहभागी सबैलाई सूचित गरिएको थियो, तर अहिलेसम्म प्रलेसका निमित्त जग्गा नै निश्चित नभइसकेको र सालिक निर्माणगर्ने पेरिस्टल बन्न नै नसकिरहेको कुरा मन्तव्यको क्रममा व्यक्त भएको थियो ।

यसपछि प्रगतिशील लेखक सङ्घका अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको थियो । अग्रज स्रष्टाहरूमध्ये माधव भँडारी, कृष्णप्रसाद बिए, जयप्रसाद ढकाल तथा रुद्र निरौलालाई मरणोपरान्त उहाँहरूका परिवारजनलाई आमन्त्रण गरी सम्मान पत्र प्रदान गरिएको थियो भने, चूडामणि रेग्मी, विश्वराज पाण्डे, वलराम पोखरेल, वम देवान, यज्ञराज प्रसाईं, सोमराज अभय, सरोज ओली, कुन्ता शर्मा, कमल जङ्गली, जसराज किराँती, सरीता ढकाललाई दोसल्ला, सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित हुन असमर्थ रहेका सम्मानित स्रष्टालाई घरमै सम्मानपत्र पुर्याउने कुरा जानकारी दिइयो ।

यसपछि कार्यक्रम सफलतापूर्वक सम्पन्न होओस् भन्ने शुभकामना प्रदान गर्ने कार्यक्रम भयो । शुभकामना व्यक्त गर्नेहरू हुनुहुन्थ्यो प्रमुख अतिथि जीवेन्द्रदेव गिरी, विशिष्ट अतिथिहरू तुलसी न्यौपाने, ज्ञानेन्द्र सुवेदी, मिश्र वैजयन्ती, सम्मानित स्रष्टाहरू वम देवान, यज्ञराज प्रसाईं, लीला कोइराला (माधव भँडारीकी सुपुत्री) तथा शुभकामनाकै बिचमा सङ्गीतकार तथा गायक सञ्जीव धिमालले ‘धरतीलाई माया गर्नेहरू’ भन्ने बोलको गीत गाएर स्रोता-दर्शकलाई मोहित पार्नुभएको थियो । अध्यक्षले छोटो र खरो मन्तव्य व्यक्त गर्दै उदघाटन कार्यक्रमलाई अन्त्य गर्दै आधा घण्टा खाजा खाने विश्राम गराउनुभएको थियो ।

३.३० बजेतिर बन्द सत्र सुरु भयो । बन्द सत्र सञ्चालन गर्नका लागि मिश्र वैजयन्तीको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डलको गठन भयो । त्यसमा चेतनाथ धमला, ताराबहादुर बुढाथोकी, बोधकुमार घिमिरे तथा ओमप्रकाश घिमिरे हुनुहुन्थ्यो ।

सम्मेलनले अध्यक्ष तीला लेकाली, उपाध्यक्षद्वय रामप्रसाद खरेल, दिनेश थापा, सचिव राजेन्द्र सर्वहारा, सहसचिव आलोक खनाल, कोषाध्यक्ष सिर्जना सरोवर तथा सदस्यहरू खगिन्द्रा खुसी, मायामितु नेउपाने, दिलिप घिमिरे, कविता केशरी, भवानीप्रसाद पोखरेल, सरस्वती नेउपाने, दुर्गा परियार, चन्द्रनारायण चौधरी, उदय भट्टराई, इन्द्रनारायण सुवेदी, घनश्याम ढकाल, अनील सुवेदी, माधव पोखरेल, लीला अधिकारी, विदुर सुवेदी, टीकामिलन घिमिरे, दिवाकर भण्डारी, रमेश कोर्खाली, कमल भट्टराई, रमेशचन्द्र अधिकारी, सानु कोविद (दुर्गा हेम्ब्या) समेत रहनुभएको समिति चयन गरेर कार्यक्रम सकिएको थियो ।

– झापाबाट पुण्यप्रसाद खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x