सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मान्छे, पशु र संवेदना

“ह्या, कति कचकच गर्न सकेको यसरि, मर्ने बेलामा पनि । आफैं बदल्नु नि घर ।” घरका सबैले एकै स्वरमा भने ।

Nepal Telecom ad

उमेरले नेटो काटेका, शरीरले साथ छोडेका, सासले मात्र शरीर छोड्न बाँकी रहेका हरिहर बा बिहानीपख बिउँझे । भित्तामा झुण्ड्याएको घडीले भन्दै थियो, बाको औषधि खाने बेला भयो ।

बाले यताउति छामेर औषधि त भेट्टाए, तर औषधि निल्ने पानीको भाडो रित्तो थियो । पानी लिन जान बाको शरीरले साथ दिँदैनथ्यो ।

“ए ! को छौ घरमा ? मलाई पानी देओ न ।” बाले भने ।
घरमा कोही थिएन, बाले माया गरेर पालेको कुकुर मात्र थियो । बा केहि खोज्दैछन् भन्ने जानेर कुकुर बाको नजिक आएर बस्यो । तर कुकुर पानी ल्याइदिन सक्दैनथ्यो । बा ओछ्यानमा छ्ट्पटाए । कुकुर पनि बाको छेउमा के गरौं कसो गरौं गरि छटपटाइरह्यो ।
केही घण्टा बितेपछि परिवारका सदस्यहरू आइपुगे ।

“तिमीहरू कहाँ गएका थियौ ?” बाले सोधे ।
“म पार्टीको वैठकमा गएको थिएँ, देश बदल्न ।” छोराले भन्यो ।
“म मन्दिर गको थिएँ, आत्मशुद्धि गरी जीवन बदल्न ।” बुहारीले भनी ।
“म जिम गको थिएँ, शरीर बदल्न ।” नातिले भन्यो ।
“म त हिजैदेखि बाहिर थिएँ, साथीको बर्थ डे पार्टीमा । सामाजिक भेलामा सरिक भै समाज बदल्न ।” नातिनीले भनी ।
“तर यसरी घर त बदलिएन नि ?” अस्ताउन लागेका बाले भने ।
“ह्या, कति कचकच गर्न सकेको यसरि, मर्ने बेलामा पनि । आफैं बदल्नु नि घर ।” घरका सबैले एकै स्वरमा भने ।

परिवारको कुरा सुनेर बाको आँखा रसायो । दुई थोपा आँसु झर्‍यो । बाको दुई थोपा आँसुमा कुकुरले पनि दुई थोपा थप्यो ।

कुकुरलाई सहिनसक्नु भयो । परिवारका सदस्यलाई उ न भुक्न सक्थ्यो न टोक्न । आफ्नो रिसलाई शान्त पार्न कुकुरले दाह्रा किट्यो, मुख बन्द गर्यो, आँखा चिम्म गर्‍यो ।

केही समयपछि कुकुरको रिस शान्त भयो । कुकुरले आँखा खोल्यो । कुकुरले आँखा खोल्दा हरिहर बाले आँखा चिम्लिसकेका थिए । उनी यस धर्तीमा थिएनन् ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
मन्त्री-नैतिकता संवादे !

मन्त्री-नैतिकता संवादे !

डा. टीकाराम पोखरेल
स्ट्यान्डर्ड चोर !

स्ट्यान्डर्ड चोर !

डा. टीकाराम पोखरेल
मालदार क्रान्ति

मालदार क्रान्ति

डा. टीकाराम पोखरेल
म मान्छे रहिँन

म मान्छे रहिँन

डा. टीकाराम पोखरेल
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल