साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे, पशु र संवेदना

“ह्या, कति कचकच गर्न सकेको यसरि, मर्ने बेलामा पनि । आफैं बदल्नु नि घर ।” घरका सबैले एकै स्वरमा भने ।

Nepal Telecom ad

उमेरले नेटो काटेका, शरीरले साथ छोडेका, सासले मात्र शरीर छोड्न बाँकी रहेका हरिहर बा बिहानीपख बिउँझे । भित्तामा झुण्ड्याएको घडीले भन्दै थियो, बाको औषधि खाने बेला भयो ।

बाले यताउति छामेर औषधि त भेट्टाए, तर औषधि निल्ने पानीको भाडो रित्तो थियो । पानी लिन जान बाको शरीरले साथ दिँदैनथ्यो ।

“ए ! को छौ घरमा ? मलाई पानी देओ न ।” बाले भने ।
घरमा कोही थिएन, बाले माया गरेर पालेको कुकुर मात्र थियो । बा केहि खोज्दैछन् भन्ने जानेर कुकुर बाको नजिक आएर बस्यो । तर कुकुर पानी ल्याइदिन सक्दैनथ्यो । बा ओछ्यानमा छ्ट्पटाए । कुकुर पनि बाको छेउमा के गरौं कसो गरौं गरि छटपटाइरह्यो ।
केही घण्टा बितेपछि परिवारका सदस्यहरू आइपुगे ।

“तिमीहरू कहाँ गएका थियौ ?” बाले सोधे ।
“म पार्टीको वैठकमा गएको थिएँ, देश बदल्न ।” छोराले भन्यो ।
“म मन्दिर गको थिएँ, आत्मशुद्धि गरी जीवन बदल्न ।” बुहारीले भनी ।
“म जिम गको थिएँ, शरीर बदल्न ।” नातिले भन्यो ।
“म त हिजैदेखि बाहिर थिएँ, साथीको बर्थ डे पार्टीमा । सामाजिक भेलामा सरिक भै समाज बदल्न ।” नातिनीले भनी ।
“तर यसरी घर त बदलिएन नि ?” अस्ताउन लागेका बाले भने ।
“ह्या, कति कचकच गर्न सकेको यसरि, मर्ने बेलामा पनि । आफैं बदल्नु नि घर ।” घरका सबैले एकै स्वरमा भने ।

परिवारको कुरा सुनेर बाको आँखा रसायो । दुई थोपा आँसु झर्‍यो । बाको दुई थोपा आँसुमा कुकुरले पनि दुई थोपा थप्यो ।

कुकुरलाई सहिनसक्नु भयो । परिवारका सदस्यलाई उ न भुक्न सक्थ्यो न टोक्न । आफ्नो रिसलाई शान्त पार्न कुकुरले दाह्रा किट्यो, मुख बन्द गर्यो, आँखा चिम्म गर्‍यो ।

केही समयपछि कुकुरको रिस शान्त भयो । कुकुरले आँखा खोल्यो । कुकुरले आँखा खोल्दा हरिहर बाले आँखा चिम्लिसकेका थिए । उनी यस धर्तीमा थिएनन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x