साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तक मञ्च मकवानपुरको मुक्तक वाचन कार्यक्रम

५ औं शृङ्खलाअन्तर्गत मुक्तककारहरू प्रमुख अतिथिका रुपमा हरिकृष्ण काफ्ले, पोखराका लक्ष्मण पौडेल र मकवानपुरका सन्तोष गौतमद्वारा दुई सत्रमा ६/६ वटा मुक्तक वाचन गरिएको थियो ।

Nepal Telecom ad

हेटौंडा, श्रावण २१, ०७९ । मुक्तक मञ्च मकवानपुरले मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको ५ औं शृङ्खलाअन्तर्गत मुक्तककारहरू प्रमुख अतिथिका रुपमा हरिकृष्ण काफ्ले, पोखराका लक्ष्मण पौडेल र मकवानपुरका सन्तोष गौतमद्वारा दुई सत्रमा ६/६ वटा मुक्तक वाचन गरिएको थियो । साथै कार्यक्रममा सानु खनाल, किशन पौडेल, विश्वनाथ सञ्जेल, देवराज लामिछाने, सुवास सजल, मेनु चौलागाईँ, स्वस्तिका दाहाल, प्रकृति अर्याल लगायतले मुक्तक वाचन गर्नु भएको थियो ।

कार्यक्रममा मुक्तककार हरिकृष्ण काफ्ले, लक्ष्मण पौडेल तथा सन्तोष गौतमलाई मायाको चिनो प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । मुक्तक मञ्चको कार्यक्रममा बाक्लो उपस्थिति रहेको र दर्शकहरूले प्रशस्त मनोरञ्जन लिएको सञ्जित श्रेष्ठले बताउनु भयो ।

साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रम अमृता लामिछानेले सञ्चालन गर्नु भएको थियो । कार्यक्रमका बीचमा उहाँका मुक्तकहरूले कार्यक्रमलाई अझ शोभा दिएको र आफूले भरपुर मनोरञ्जन लिएको सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो ।

कार्यक्रमको व्यानर तथा मायाको चिनो सौजन्य साहित्यसेवी मुक्तिगोविन्द वैद्यले गर्नुभएको थियो ।

-संप्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x