साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपथ

Nepal Telecom ad

अग्निलाई  height=
साक्षी राखेर 
जललाई {{read_more}}
सिंचन गरेर 
भाकेको सपथ 
आजभोलि
किन शिशा फुटेझैं
झर्याम्म फुट्छ ?!

गीता, कुरान 
र बाईबललाई
हातले छोएर
सत्य, निष्ठा
र इमानको लागि
खाएको सपथ 
आजभोलि
किन टुङ्ग्नाको 
तार टुटेझैं 
कड्याक्क टुट्छ ?!

अनि संबिधान 
शिरमा राखेर 
देश र दुनियाँको 
हितको लागि 
खाएको सपथ 
सोझो रेखाका
पद(चिन्ह त्यागेर
बाहकहरू 
किन बक्ररेखालाई
अँगाली रहेछन् ?!
विचार गर, 
सपथको श्राप लाग्ला भनेर !

तर, डोल्मा र फुर्पाले
हिंउको चिसोमा
चौंरी चराउँदै
लाएको मायाँ पिरती 
फुलमाया र पूर्णले
पहाडी भाकामा
घाँसदाउरा गर्दै
गाँसेको लगनगाँठो
अनि मधेसको गर्मीमा
फूलमती र रतनले 
उखु र तोरीबारीमा
पसिना चुहाउँदै 
संगसंगै बुनेको सपना
आहा ! कति सुन्दर 
कति रहर लाग्दो !
त्यहाँ
न सपथ, न कपट
न घात, न प्रतिघात 
चन्द्र–सूर्यलाई
साक्षी राखेर
खुल्ला आकाशमुनि
शुद्ध मनले
आफ्नो माया
र माटोको इज्जत
तिनैले जोगाए 
र तिनैले जोगाई रहे
युग युगदेखि
युग युगसम्म !

पुस २२ २०७५
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
महादेव !

महादेव !

गौरी प्रधान
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x