साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ जे पनि सेलाउँछ

Nepal Telecom ad

यहाँ जे पनि सेलाउँछ । height=
बिरालो मुसा जस्तै गरी 
मान्छेले मान्छे खेलाउँछ । {{read_more}}
यहाँ भिम मल्ल चिसिएका छन् ।
चिसिनेहरूको थुप्रोमा
भिमसेन थापा मिसिएका छन् । 
मदन–आश्रित पनि मिसिएका छन् ।
बाह्रबर्षे जनयुद्धका गोला बारूद पनि
हिउँका डल्लाले पिसिएका छन्
कि न कि मेरो देश हिमालयको देश हो !

यहाँ शहीदको तातो रगत सेलायो
ठेकादार लाइ तह लाउने हविगत सेलायो ।
क्रान्तिको ज्वालामुखी नारा सेलायो 
विसौँ हजार जिउँदो सर्वहारा सेलायो ।
भर्खर उम्लेको सिन्डिकेट सेलायो,
तेत्तीस किलो सुनको इन्डिकेट सेलायो ।
निर्मला हत्याको आगोजस्तो मुठभेट सेलायो ।
एससपी सहित प्रहरीमाथि पेट्रो खन्याएर
कैलालीमा दन्काएको अगेट सेलायो।
यहा धेरै कुरा सेलाउँछ,
मान्छेले मान्छेलाई मुसालाई बिरालोले 
खेलाए झै खेलाउँछ ।
किन कि मेरो देश हिमालयको देश हो ।

बाइडबडीको आगो चिसिँदै छ अब,
रबिजी र राम बम्जनजीहरूका लोहोराले
सुन्दरीहरूको अस्मिता पिसिँदैछ अब,
कोशी, गण्डकी र कर्णालीका मुहानमा छिट्टै
पवित्र होली वाइन मिसिदैछ अब,
जाडोमा बाँड्ने टोपी र ज्याकेटमा पनि
प्रभु इसुको बरदान बिसिदैछ हजुर
सबै देशभक्ति र बिकाश हिस्सिँदैछन् ।
भ्रष्टाचार बिरोधीका मुटु चिसिदैछन् अव
किन कि मेरो देश हिमालयको देश हो,
हरेक शासकले चुसेर छाडेको खोस्टा
मुस्किले बचेको शेष–भग्नावशेस हो ।

पौष २७, खाँदबारी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x