साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखाबाट बिजुली

Nepal Telecom ad

बाँच्दा जीवनमा कडा कहरले सन्ताप जो भर्दछन्  height=
पीडा बिर्सन तप्प तप्प गहमा आँखाहरू झर्दछन् {{read_more}}
पानी, वायु परम्परागत भयो संदेश नौलो छरी
आँखाबाट निकाल्नुपर्छ बिजुली ती आँसु जम्मा गरी 
।१।

संख्या तीन करोड मात्र जनता आँखा झनै दोब्बर
कैयौं नेत्र रुने बिदेशतिर गै बाँकी घरैका घर 
उड्छन निर्झर अश्रुमूल उधिनी ती राहदानी जब 
आँखाबाट निकाल्नुपर्छ बिजुली आँखा नियालौं अब 
।२।

बग्दै दुख्ख तथा बिछोड पलमा छन् अश्रुधाराहरू 
झन् बग्छन् सुखमा तथा मिलनमा हर्षाश्रुधाराहरू 
र्बाहै मास बलिन्द्रधार चुहिने आँखाहरू छन् जब 
आँखाबाट निकाल्नुपर्छ बिजुली लौ चाल चालौं अब
।३।

आफ्नै हुन् तर सन्धिमा नदनदी बग्छन् पराई बनी
निद्रामा सरकार जो घुरिरह्यो सुन्दैन सुन्दा पनि 
बस्छन् आज बिदेशको शरणमा हावा र पानी जब 
आँखाबाट निकाल्नुपर्छ बिजुली आँखा निचोरौं अब 
।४।

छन् संरक्षित राज्यमा सकल जो गुन्डा खटाएपछि 
झार्लान् आँसु डुली डुली मुलुकमा जिम्मा लगाएपछि 
झन् पर्याप्त बलिन्द्र आँसु नहुँदा चोली उधारे भयो
आँखाबाट निकाल्नुपर्छ बिजुली सम्भावना देखियो 
।५।

कालो रात समान छन् मुलुकमा कैयौं बिहानीहरू
हेर्छन् ती दरबार भित्र रमिता राजा र रानीहरू 
बर्षौदेखि निरास अक्षरहरू उस्तै छ लेख्ने लिपि 
आँखाबाट निकाल्नुपर्छ बिजुली ती अश्रुधारा टिपी 
।६।

अग्लो ड्याम छ अस्थिपन्जरहरू खम्बा बनेका थिए
ती खम्बासित तार झैं गरिबका आन्द्राहरू झुन्डिए 
हेर्दै बल्ब बल्यो विनष्ट सपनी होला र के कारक
भो भो भो अब चाँहिदैन बिजुली हेक्का रहोस् शासक 
।७।

पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x