साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता ज्यू ! ऐठन हुन्छ ?

Nepal Telecom ad

एउटा संगठन खोल्नोस् height=
जहाँ हजुरको सपनाको अभिष्ट पुरा होस् । {{read_more}}

मञ्चबाट ओर्लनुपर्दा 
अलल्लिएको छाती
मालाको आयतनमा
अटाउँन नसकेको गर्धन
हरेक रातको चीसोमा अररिन्छ, ऐठन हुन्छ होला
अरु क्यै नभए पनि
भेँडे खुर्सानी उपभोक्ता मञ्च रचना गर्नोस्
जहाँ हजुरको सपनाको अभिष्ट पुरा होस् ।

हो नि हजुर !
मिल्छ नि हजुर !
भेँडे खुर्सानीको व्यक्तित्व हजुरसँगै ठ्याक्कै मिल्छ
खानेहरूलाई मात्र थाहा छ
चिकन चिल्लीको स्वाद
हेर्नेहरूले त भ्यातुल्ले खोक्रे
अस्वादिलो हजुर !
त्यसैले
खानेहरू सामु आफूलाई पस्कनोस्
आसन जमाएर बस्नोस्
आफैं संगठन खोल्नोस्
जहाँ हजुरको अभिष्ट पुरा होस् ।

माक्र्सवाददेखि विपिवादसम्म
महेन्द्रवाददेखि जबजवादसम्म
सबैको ज्ञाता हजुर !
अरु सबै ग्वाँजे
संसार विज्ञाता हजुर !
हजुरलाई कसैले पुछेन छ
हजुरलाई कसैले बुझेन छ
त्यसैले
आजभोलि ऐठन हुन्छ हजुर !

झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x