सुलसुलेचन्द्रागिरी साहित्य सरोवरको चौथो शृङ्खला

काठमाडौं, २०७५ पुस १४ । राजधानीको पश्चिम भेक चन्द्रागिरी न.पा.अन्तर्गत तीनथानामा क्रियाशील मुनाल क्लबले मासिक रूपमा हरेक महिनाको दोस्रो शनिबार चन्द्रागिरी
साहित्य सरोवर कार्यक्रको आयोजना गर्दै आएको छ । {{read_more}} सरोबरको पुस महिनाको चौथो शृङ्खला स्रष्टा एवम सञ्चारकर्मी नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रम संयोजक गोपीचन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोविन्दशरण भण्डारीले सहभागी सिर्जनाकर्मीहरूलाई स्वागत गर्दै यस क्षेत्रमा रहेको प्रतिभाहरूलाई सार्वजनिक गर्ने उद्धेश्यले यो अभियान आरम्भ गरेको बताउनु भयो ।
कार्यक्रममा २१ जना स्रष्टाहरूले आफ्ना साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा १८ वटा कविता, गजल र मुक्तक एवम् ३ वटा गीति सिर्जना प्रस्तुत गरिएको थियो । सिर्जना वाचन गर्नेहरूमा विमला महर्जन भण्डारी, मथुरा राउत, स्वस्थानी कार्की, अनुशा घिमिरे, नीलप्रसाद रेग्मी, मोहनहरि आचार्य, गोमा रेग्मी हरिशरण आचार्य, मनोज बस्नेत, श्रुती माली, अप्सरा सुनार र गोपीचन्द्र कार्की हुनुहुन्थ्यो ।
कार्यक्रममा सुवाञ्जली महत, अनिशा विक, सुवासना दवाडी, अनुशा तामाङ, परिधी महत, यसनिक तिमल्सिना, दीक्षा महत आदि बाल प्रतिभाहरूले आआफ्ना बाल रचना एवम् गीति सिर्जना प्रस्तुत गरेका थिए ।
वाचित सिर्जना सामग्रीहरूको समीक्षात्मक टिप्पणी गर्दै प्रमुख अतिथि नरनाथ लुइँटेलले सिर्जनाहरूमा देशको समसामयिक वर्तमान अभिव्यक्त भएको बताउनु भयो । “स्रष्टाले सिर्जना गर्न नियमित अध्ययन र निरन्तर लेखन सँगसँगै लैजान आग्रह गर्दै अध्ययन र लेखनको वातावरण प्रदान गर्न मुनाल क्लब र यसको साहित्य सरोबरको नियमित अभियान अत्यन्त सकारात्मक कदम रहेको” लुइँटेलले उल्लेख गर्नु भयो ।
कार्यक्रमको अन्तिमतिर वडाअध्यक्ष उत्तमबहादुर राउतले साहित्य सरोबरको यस अभियानको सफलताका लागि जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । कार्यक्रम संयोजक गोपीचन्द्र कार्कीले मुनाल क्लबमा भर्खरैदेखि सञ्चालनमा आएको पुस्तकालयलाई उदारमना भावले पुस्तकहरूका साथै आर्थिक भौतिक सहयोग प्रदान गर्न आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन कृष्णबहादुर अधिकारीले गर्नु भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































