साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अधिकार हाम्रो अधिकार 

Nepal Telecom ad

 height=कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार। {{read_more}}

कर्मै नगरी नारा उचाल्ने
पुरानो बानी व्यवहार 
विरोध का लागि विरोध गर्ने
अकर्मण्यताको धार
आगोमा घ्यू हाल्नलाई
जहिले पनि तैयार
काम कतै गर्नु पर्दा
गफ्फिँदै हुन्छन् फरार ।
कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार ।

छिटो बाटो बनाउनुस् भन्छ
गाडी गुडाउने हतार ।
साँगुरो बाटो फराकिलो गर्दा
मुद्दा गर्न सकार ।
गर्नेको गल्ती खोजी छाप्छन्
अनेक यहाँ अखबार ।
टालमटोले बडबोले बारे
लेख्न कहाँ छेकबार ।
कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार ।

सफाइ जरुरी हाम्रा लागि
लाउँछन् बेली विस्तार।
फोहर गर्ने बानी उनको
मान्दैनन् गर्न सुधार।
कतै केही राम्रो देख्दैनन्
गर्छन् दुष्प्रचार ।
यसलाई उसलाई गाली दिनु
भाँडभैलोका मतियार ।
कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार ।

स्वयंलाई चाहियो मीठो धुन
कोही गरोस् चित्कार ।
मै लाऊँ मै नै खाऊँ
कस्तो कुत्सित संस्कार ।
कतै केही कमजोरी देख्दै
बन्छन् व्याख्याकार ।
आफ्नो गलती कसैले भन्दा
पीरो कुरा उपहार ।
कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार ।

गर्न नपाउँदा निलो ज्यूनार
आरोप लगाउने निराधार।
बेढंगी ढंग भयो यो कसरी
को छन् जिम्मेवार।
विरोध गर्न वीर बहादुर
नहेरी आफ्नो अनुहार ।
दायित्वबोध गरौँ देशप्रति
यस कविताको सार ।
कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार ।

विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x