सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अधिकार हाम्रो अधिकार 

Nepal Telecom ad

 height=कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार। {{read_more}}

कर्मै नगरी नारा उचाल्ने
पुरानो बानी व्यवहार 
विरोध का लागि विरोध गर्ने
अकर्मण्यताको धार
आगोमा घ्यू हाल्नलाई
जहिले पनि तैयार
काम कतै गर्नु पर्दा
गफ्फिँदै हुन्छन् फरार ।
कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार ।

छिटो बाटो बनाउनुस् भन्छ
गाडी गुडाउने हतार ।
साँगुरो बाटो फराकिलो गर्दा
मुद्दा गर्न सकार ।
गर्नेको गल्ती खोजी छाप्छन्
अनेक यहाँ अखबार ।
टालमटोले बडबोले बारे
लेख्न कहाँ छेकबार ।
कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार ।

सफाइ जरुरी हाम्रा लागि
लाउँछन् बेली विस्तार।
फोहर गर्ने बानी उनको
मान्दैनन् गर्न सुधार।
कतै केही राम्रो देख्दैनन्
गर्छन् दुष्प्रचार ।
यसलाई उसलाई गाली दिनु
भाँडभैलोका मतियार ।
कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार ।

स्वयंलाई चाहियो मीठो धुन
कोही गरोस् चित्कार ।
मै लाऊँ मै नै खाऊँ
कस्तो कुत्सित संस्कार ।
कतै केही कमजोरी देख्दै
बन्छन् व्याख्याकार ।
आफ्नो गलती कसैले भन्दा
पीरो कुरा उपहार ।
कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार ।

गर्न नपाउँदा निलो ज्यूनार
आरोप लगाउने निराधार।
बेढंगी ढंग भयो यो कसरी
को छन् जिम्मेवार।
विरोध गर्न वीर बहादुर
नहेरी आफ्नो अनुहार ।
दायित्वबोध गरौँ देशप्रति
यस कविताको सार ।
कर्तव्य केही गर्न नचाहने
तर चाहियो सबै अधिकार ।

विराटनगर
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
पहिले जस्तो किन हुँदैन जोगिरा सरररर

पहिले जस्तो किन हुँदैन...

लक्ष्मण नेवटिया
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
होलीका ठट्यौली

होलीका ठट्यौली

लक्ष्मण नेवटिया
फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

फेरि किन बदनाम हुन्छ...

लक्ष्मण नेवटिया
चार चोक्टा

चार चोक्टा

लक्ष्मण नेवटिया
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)