साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्वाँको सवारी भयो

Nepal Telecom ad

 height=तन्नेरी जति सिन्धुपार पहुँचे छोडेर आफ्नो घर
वृद्धा वृद्धहरू पुगे सदनमा झन् लस्करै लस्कर {{read_more}}
ताली खोज्न हतार भो सहरमा हेर्दै ढिला भैगयो
रोक्नोस् लौ अब एम्बुलेन्स गुरुजी ह्वाँको सवारी भयो
। १।
बाख्राखोरहरू कुलो र कलको गर्नैछ उद्घाटन
माला क्विन्टलको तयार गरियो सुन्दै थिएँ गन्थन
चिल्लो कार कुदेछ साइरनमा झस्केर सातो गयो
रोक्नोस् वारुणयन्त्र लौ न गुरुजी ह्वाँको सवारी भयो
।२।
खोकी लाग्छ भने विदेश नगए सन्चो हुँदैहुन्न रे
नेपाली उपचारले डलरझैँ आत्मा छुँदैछुन्न रे
आफ्नै हो नि छँदैछ राज्य ढुकुटी साचो सँगैमा रह्यो
ताल्चा मार न अस्पताल तिरका ह्वाँको सवारी भयो
।३।
चौरासी कटिए उमेर छ अझै नेता-युवा भन्नु छ
सत्ता प्राङ्गणमा अझै शकुनि भै पासाहरू गन्नु छ
धिन्ताङ् मादल साथ नर्तक बनूँ संक्षिप्त शुर्ता रह्यो
कान्छा मादल ठोक् जहाज-नभमा ह्वाँको सवारी भयो
।४।
बर्षौँबर्ष बिते चुनाव अघिका सम्झेँ मिठा भाषण
निम्तोपत्र दिएँ ठुलो अतिथिको अग्लो बन्यो आसन
मन्त्री हाजिर बल्ल गाउँघरमा उत्साह अर्कै छ यो
खै बोका कुखुरा बँदेल मदिरा ह्वाँको सवारी भयो
।५।
पञ्चेश्वर- ६,बिजुल, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x