साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिपर चालकलाई सपथ !

भर्खरै काभ्रे ट्राफिक प्रहरीका इन्स्पेक्टरले टिपर चालकलाई बनेपामा भेला पारेर नौ बुँदे सपथ खुवाएछन् ।  ‘रक्सीको नशामा पूरै सडकलाई आफ्नै कोठेबारी ठान्दिनँ ।

Nepal Telecom ad

भर्खरै काभ्रे ट्राफिक प्रहरीका इन्स्पेक्टरले टिपर चालकलाई बनेपामा भेला पारेर नौ बुँदे सपथ खुवाएछन् ।  height= ‘रक्सीको नशामा पूरै सडकलाई आफ्नै कोठेबारी ठान्दिनँ । बटुवाको सातो जाने गरी हर्न बजाउँदिनँ । सानातिना गाडीलाई भीरतिर घचेट्दै ओभरटेक गर्दिनँ । बटुवालाई मान्छेमै गणना गर्छु, झिँगा–भुसुना ठानेर तर्साउँदिनँ । साँघुरा सडकमा टिपर–दौड प्रतियोगिता गर्दिनँ । गाडी चलाएका बेला मोबाइलमा घरकीलाई गाली गर्दै अर्कीलाई छेउको सिटमा राखेर हिँड्दिनँ । प्रहरीले कागजपत्र माग्दा कागजपत्रै दिन्छु, मुठीमा च्यापेर कागजको नोट दिन्नँ’ आदि । यति सपथ खाइदिँदा दुर्घटना हुँदैन भने के भो त भनेर टिपर चालकले पनि हाँसीखुसी सपथग्रहण गरेर लिखित प्रतिबद्धतापत्रमा सहीछाप पनि गरिदिएछन् ।

वास्तवमै दुर्घटना न्यूनीकरण गर्ने हो भने टिपर चालकलाई सपथ खुवाएर मात्र पुग्दैन । दुर्घटनामा उनीहरूको कति नै भूमिका हुन्छ र ! यस अभियानलाई प्रभावकारी बनाउन अरू–अरू सवारीका चालक, सहचालकलाई पनि सपथ खुवाउनुपर्छ । ३० सिटे बसमा ३ सय मान्छेलाई सिन्की खाँदेजस्तो खाँदेर भीरको बाटो गाडी कुदाउँदिनँ भनेर बसका चालकलाई सपथ खुवाउनुपर्छ । खुट्टा टेक्ने ठाउँ पनि नरहेको गाडीमा जसरी पनि नचढी नछाड्ने, गाडीका छतमै भए पनि बसेर यात्रा गर्न खोज्ने यात्रीलाई दुर्घटनामा परेर मारेँ भने त्यसको दोषी म आफैँ हुनेछु भनेर गाडी चढ्नुअघि सपथ खुवाउनुपर्छ ।

उन्नाइसौँ शताब्दीका पत्रु गाडी पहराका ज्यानमारा सडकमा चलाउने साहू, त्यस्ता गाडी चलाउन अनुमति दिने सरकारी अधिकारीहरूलाई पनि दुर्घटनामा परे हामी जेल बस्नेछौँ भन्ने सपथमा सहीछाप गराउनुपर्छ । नियम उल्लंघन गर्ने चालकलाई घुस खाएर छाड्ने काम गर्दिनँ, त्यसरी छाडेको पत्ता लागे उसै दिन जागिर छाड्न मन्जुर छु भनेर ट्राफिक प्रहरीलाई पनि सपथ खुवाउनुपर्छ ।

स्थानीय निकायका वडाध्यक्ष उर्फ डोजर साहूजी र उनकै साला–भान्जा पर्ने डोजर चालकलाई पनि जथाभावी भीर खन्दिनँ भनेर सपथ खुवाउनुपर्छ । परीक्षामा फेल भएकालाई चालक लाइसेन्स बनाइदिने कर्मचारी वा दलालहरूलाई, सडकमा बिस्कुन सुकाउने, गाईवस्तु र कुखुरा चराउने कृषक र गोठालालाई, सडकमै हाटबजार लगाउने, पसल थाप्ने, निर्माण सामग्री थुपार्ने जनतालाई दुर्घटनाबाट कसैको ज्यान गए सजाय भोग्न तयार छु भनेर सपथ खुवाउनुपर्छ ।

यी तलतलका मान्छेलाई सपथ खुवाएर दुर्घटनामा दुई–चार प्रतिशत कमी ल्याउन सकिएला । दुर्घटनाका खास कारक त माथिमाथि पो छन् । ठेक्का लिएको रकमको १०–१५ प्रतिशत बजेट सडकमा खर्च गरी बाँकी बाँडीचुँडी गरी खाई सडक अलपत्र छाडी दुर्घटना गराउने काम अबदेखि छाड्छु भनेर ठेकेदारलाई सपथ खुवाउनुपर्छ । ठूल्ठूला ठेक्का दिएर बैंक खातामा कमिसन र कानमा तेल हालेर बस्ने कर्मचारी, त्यस्ता कर्मचारीलाई तह लगाउन नसक्ने सरकार, त्यस्तो सरकारका मन्त्री वा प्रधानमन्त्रीहरूलाई भ्रष्टाचार गर्दिनँ, गरेको खण्डमा ज्यान मारेको कसुरको चार गुणा बढी सजाय भोग्न तयार छु भनेर सपथ नखुवाई दुर्घटना न्यूनीकरण गर्न सकिँदैन ।

यसरी सडक दुर्घटना गराउन सत्ताको शिरदेखि खोलाको तीरसम्मकै मान्छेको भूमिका भएकाले ती सबैलाई आ–आफ्नो भूमिकाअनुसारको दण्ड भोग्न तयार पारेर सपथ नखुवाई दुर्घटना कम हुँदैन । दुर्घटनामा टिपर चालकको भूमिका एक–दुई प्रतिशत हुँदो हो । त्यति न्यून भूमिका भएका टिपर चालक र प्रहरीको सानो इकाइ मिलेर गरेको सपथ कार्यक्रमबाट माथिमाथिका टाउकेहरूले थोरै शिक्षा लिए पनि ठूलै उपलब्धि हुन्थ्यो होला !

नेपाल, १२ माघ २०७६ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x