साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्रूका पत्रु प्रवृत्ति !

शुद्धि न वुद्धिका मान्छेको हालिमुहाली भएको देशमा जनताले सुशासनको प्रत्याभूति नपाउनेमा कुनै शंका छैन। सत्रूका प्रवृत्ति अनेक हुन्छन्। खास भन्नुपर्दा उनीहरुको प्रवृत्ति पत्रुखालका हुन्छन्।

Nepal Telecom ad

अमर अधिकारी :

घरभित्र दाजुभाइमा दुश्मनी, छिमेकीछिमेकी बीचमा वैमनश्यता, सम्प्रदायसम्प्रदायमा भिडन्त, मुलुकमुलुकबीच अस्त्र-रकेट प्रहार, पार्टीपार्टीका नेता र कार्यक्रताबीचमा भकुराभकुर, डनडनबीचमा कुटाकुट, र हात हालाहाल, प्रेमीप्रेमिकाबीचमा चिमोटाचिमोट, साथीसाथीबीचमा कान निमोठानिमोठ, सासूबुहारीबीचमा जगल्टा तानातान, काकाभतिजबीच मुक्का हानाहान, नन्दभाउजुबीच एकअर्कामा धारेहात, पतीपत्नीबीचमा पराले आगोको झगडा, छोराछोरीबीचमा पेन्सिलले घोँचाघोँच। यस्तैयस्तै प्रकारका तमाम झगडाबाट कतिपय बीचमा सत्रू-सत्रू बन्ने अवस्था आउँछ भने कतिपयमा पुनर्मिलन हुनैपर्ने अवस्था आउँछ। खिचातानी र लखेटालखेटले सत्रूसत्रू हुनुपर्ने पनि हुन्छ।

एउटै बेञ्चमा बसेकाहरुबीच घचेटाघचेट, नाइटबसमा हुलकाहुल यात्रुहरुबीच धकेलाधकेल, पाँच रुप्पेको निहुँदा खलाँसी र यात्रुबीच रक्ताम्मे हुनेगरी मुक्कामुक्की, लछारपछार, गोदागोद अनि पिटापिट। कति हुन् हति झैँझगडाका प्रकार हात हालाहल रे। संसदमा पनि सुटकेस च्याताच्यात। झापड खाएका राष्ट्रपति, मुक्का खाएका मन्त्री र जुत्ता खाएका सांसद भएकै छन् यहाँका ठूला नेताहरु। राजनीतिमा त झन जति लात खायो त्यति इज्जतको खात रे आयो। हाम्रो राप्ती भेगतिर कताकतै कसैसँग निकै नै रिस उठेमा ‘मरी जा’ को सट्टा ‘चट्कपट्क भइयास्’ वा ‘पक्लक्कै भैयास्’ भनेर जस्ता शब्दहरु प्रयोग हुन्छन्।

सायद आजकल मानिसमा चेतनास्तर बढेका कारण यस्ता शब्दहरुमा कमी आएको छ कि भन्ने लाग्छ। छोराले बाउलाई मुद्दा हालेका कुराहरु पनि आउँछन्। श्रीमतीले श्रीमानलाई बञ्चरोको पासो हिर्काएकार र श्रीमानले श्रीमतीलाई चिर्पट प्रहार गरेर ठहरै पारेका समाचारहरु पनि नआएका होइनन्। मामाभाञ्जाको झगडा, माराकाट पौराणिककालदेखि नै चलेको भनिन्छ। कंस र कृष्णको सत्रूता हेरौँ न! यो त झन कलियुग हो। श्रीमतीले श्रीमानलाई “किन त्यो केटीसँग सल्केको ?” र श्रीमानले श्रीमतीलाई “किन त्यो केटासँग सल्केको?” जस्ता झगडा पनि चल्छन्।

मैले देश खाने धमिराहरु अर्थात् देशघातीहरुका विरुद्धमा लेखहरुमार्फत् आक्रोस नपोखेको होइन। बेलाबेलामा उनीहरुलाई झस्काउनु मेरो कर्तव्य हो। किन कि म देश र जनताको सच्चा पहरेदार बनेर आइसकेको छु अनि कसम पनि खाइसकेको छु। २०७९ मंसिरमा मैले कोरेको एक सामग्रीले गर्दा महाठगको गिरोह सम्पादकलाई नै घेर्न गएको थियो। सम्पादकले साफसँग झपारेर पठाएपछि लुत्रुक्कै परेका रे । “सिंहदरबारको सुरक्षामाथि सधैँ प्रश्न” शीर्षकको मेरो लेखले गर्दा भोलिपल्टै सिंहदरबामा खैलाबैला मच्चिएर रातारात त्यहाँ सुरक्षा सम्बन्धी सुधारका कामहरु भएका थिए।

अर्को लेख प्रकाशन भएको भोलिपल्टै विराटनगरमा गृहिणीहरुको जुलुस उर्लिएर मेयरलाई नै घेर्न गएका रे। त्यस्तै सामान्य प्रशासन मन्त्रालयको बरण्डाका विषयमा पनि मन्त्री र सचिवका कान ठाडो भएको पनि सुनियो। अहिले आएर गुणस्तर विभागको झकिझकाउ देख्न सकिन्छ। किन कि मैले “गुणस्तर विभागको सेरोफेरो नै गुणस्तरहीन” शीर्षकमा लेख लेखेको थिएँ। त्यसको केही दिनमै विभागले नयाँ साइनबोर्ड हाल्यो, विभागको भवनअगाडिको भ्वाङहरु पनि टाल्यो। सडक फराकियो बनायो, मन्त्रालयबाट बजेट मागेर पैसा खनायो। मलाई कति आनन्द कलमको शक्ति पनि कति हो भनेर ? मेरा लेखहरुका प्रभावमध्ये पाँचौ प्रभावसम्म देखेँ, बाँकी पत्ता लगाउनै बाँकी छ। अबुझहरुले सोध्ने पनि गर्छन्- “लेखेर के पाइन्छ ?”

लेखेर पारिश्रमिक मात्र पाउनु ठूलो कुरा होइन, परिवार-समाज र देशको परिवर्तन हुन्छ कलमले भन्ने कुरा किन नबुझेको होला आफूलाई ठूला भनाउदा मूलाहरुले ? लेखक तथा साहित्यकारहरु सामाजिक अभियन्ता हुन् भन्ने कुरा थोरैले मात्र बुझेका हुन्छन्, धेरै त वर्खेझरी रुझे झैँ रुझेका हुन्छन्। आजकल भने झैँझगडामा कमी आएको छ। कारण एउटै देखिन्छ- फेसबुक, युट्युब र टिकटकमा विपरित दिशार्फ फर्केर बस्नुपरेको छ। जे होस् मोबाइल भन्ने वस्तुले झगडा चैँ कम गरेको छ। तर मोबाइलकै कारण धेरैले मुद्दा भने खेप्नुपरिरहेको कुरा जगजाहेर छँदैछ। साइबर ब्यूरोमा चाङकाचाङ उजूरी परिसकेका छन्।

मैले जनतालाई जागरुक बनाउन खोजेपछि मेरा केही सत्रूहरु जुर्मुराए, फेसबुक नै तीनपटक ह्याक गराए मर्न नसकेका ख्याकहरुले। कुनै सञ्चार माध्यमबाट प्रकाशित लेखहरु फेसबुकबाट हटाउन लगाए। तर म रतिभर पनि विचलित भइनँ चर्चाहरु झन बढ्नथाल्यो र चर्चाको शिखरमा पनि पुगियो। महिनैपिच्छे सम्मान र पुरस्कार पनि पाएँ। साहित्य-लेखन क्षेत्रमा आधा दर्जनभन्दा बढी कीर्तिमान नै कायम गरेँ, तर मलाई अहंकार भने व्यहोर्नुपरेन। मेरो आत्मकथा ‘ओगिल्जा’ प्रकाशन भएपछि मेरा एकदुईजना आफन्त रिसाए, फेसबुकमा मलाई ब्लक नै गरे। आत्मकथामा संघर्ष र दुःखका कुराहरु किन लेखेको भनेर कड्किए। आत्मकथाको विशेषता नै तिनै कुरा हुन् भन्ने उनीहरुलाई जानकारी नै रहेनछ।

अब्राह्मण लिङ्कनकी आमाले उनलाई घोँडाको तबेलामा जन्माएको र दाउरा चिरेर अनि बेचेर पढाउने लेखाउने गरेको कुरा तिनलाई के थाहा? अनि क्षेत्रप्रताप अधिकारीले मासिक ३० रुपियाँमा पियनको जागिर खाएको, साझा बसको सहचालक भएको र पछि साझाकै अध्यक्ष हुँदै शिक्षा सहायक मन्त्रीसम्म पुगेका कुराहरु ति डुकुलण्ठकहरुले किन नबुझेका होलान्? यी दुई प्रेरणाका स्रोत मेरो जीवनी-पुस्तकको अग्रभागमा छापिएको छ अब्राह्मण लिङ्कन र क्षेत्रप्रताप अधिकारीका दुई प्रसङ्ग। मिडियाहरुबाट प्रकाशन हुनेगरेका मेरा समाचार र लेखहरु देखेर मेरा केही सत्रूहरु आखिर थाके, ढले, पुच्छर लुकाएर कुन दूलोमा पसे? अत्तोपत्तो छैन। अहिले आएर मेरा लेख-रचनाहरु निर्धक्कका साथ सम्प्रेषण हुने गरेका छन् । उनीहरुको बाउको समेत केही नलाग्नेभएको छ।

मलाई निरुत्साहित गर्नेमा मेरा एकदुईजना आफन्तले समेत सघाएका छन् पत्रु जस्ता मेरा सत्रूहरुलाई। फेसबुक प्रयोगकर्ताहरुमध्येको पूर्व कर्मचारीचारीहरुको अभिव्यक्तिमाथि अंकुस लगाउने रे, प्रकाशन तथा वाक स्वतन्त्रता भगाउने रे। यस्ता अधिनायकवादीहरुका दुईजिब्रे कुरा पनि थाहा पाइयो। एकातिर लोकतन्त्र रे अर्कातिर ठोकतन्त्र रे ! शुद्धि न वुद्धिका मान्छेको हालिमुहाली भएको देशमा जनताले सुशासनको प्रत्याभूति नपाउनेमा कुनै शंका छैन। सत्रूका प्रवृत्ति अनेक हुन्छन्। खास भन्नुपर्दा उनीहरुको प्रवृत्ति पत्रुखालका हुन्छन्।

अन्तिममा गाँठी कुराः कोही कसैसँग पनि झगडा गर्नुहुँदैन, अर्काको जायजेथा लुटेर भुँडी भर्नुहुँदैन। कसैसँग वैमनस्य पाल्नुहुँदैन, अर्काको टाउकोबाट टोपी थुतेर फाल्नुहुँदैन। झनक्क रिसाउनुहुँदैन, अर्काको मन चिसाउनुहुँदैन। चर्काचर्कीले आफैलाई तनाव हुन्छ भने झर्काझर्कीले अरुलाई। “रिस खा आफू बुद्धि खा अरु” भन्ने भनाइलाई आत्मसात गरौँ। हुन त अरुलाई सकेसम्म खान त हुँदैन। तर यसको तात्पर्य मिलाएर बुझ्नुहोला। आजैदेखि संयम बनौँ, संयमता अपनाऔँ! ल….!
हरि ॐ तत्सत !!!

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x