साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै आउँछ उसलाई त्यै, देश बनाउन पो, आँउदैन

बिना स्वार्थ कसैले कसैलाई रातो चिया त. खुवाउँदैन “सित्तैँमा बनाई दिन्छु देश” भन्छ मेरो आत्माले त पत्याउँदैन देशै बनाउन ऊ हिँडेको पनि, आधा शताब्दी भयो सबै आउँछ उसलाई त्यै, देश बनाउन पो, आँउदैन

Nepal Telecom ad

नवराज कार्की :

१.
कहिलेकहीँ, यस्तो पनि लेख्नुपर्छ
कान छन् ठाडा, आँखा हुन् चनाखा, देख्नुपर्छ
देश बनाउँछौं भन्नेले बम हान्छन्, देश बनेन भन्नेले आगो लगाउँछन्‌
भन्दिन भो, मैले त, यो जाडोमा त्यही आगोमा हात सेक्नुपर्छ ।

२.
“सातपल्ट हुन्छस्‌” भन्नेले, किन भनेन– यो बाह्रटाँकाको कुरा ?
सुन्न पनि मन छैन मलाई त त्यो, ज्योतिष भनाउँदो, डाँकाको कुरा
उत्ता त्यो AI ले धोका दियो, यता यो डल्ले भाइले धोका दियो
हेर्न त हेरेको थिएँ नि, मैले पनि त्यो श्रीलङ्का र ढाकाको कुरा ।

३.
बिना स्वार्थ कसैले कसैलाई रातो चिया त. खुवाउँदैन
“सित्तैँमा बनाई दिन्छु देश” भन्छ मेरो आत्माले त पत्याउँदैन
देशै बनाउन ऊ हिँडेको पनि, आधा शताब्दी भयो
सबै आउँछ उसलाई त्यै, देश बनाउन पो, आँउदैन ।

४.
सरकारले नै खोलेको छ, “बैदेशिक रोजगार विभाग”
छैन, आपत्तिपत्र (NOL) नै हो, युवाको नि माग
ज्वाइँ खोज्दा होस् कि त, बुहारी रोज्दा होस्‌
पि.आर.मै त केन्द्रित छ हाम्रो, अहिले–नेपाली दिमाग ।

५.
उसका बा–आमा उता गएको छ चोटी भयो
उसका बा–आमा त्यता गएको बाह्र चोटी भयो
जसका बा–आमा एकचोटी पनि, कतै जान पाएका छैनन्‌
भएन त ? भयो उसलाई, निकै छट्पटी भयो ।

०००
१२–४–२०२५
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
पाँच ठाेकान

पाँच ठाेकान

नवराज कार्की
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x