साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेकान

कारखाना चलाउँदैन, कारखाना बेच्छ सिमाना जोगाउँदैन सिमाना बेच्छ बेच्ने कुरा अरू केही भए पो ! बेच्नु ? आफ्नै युवा हुन् सरकारले दुईचार जना बेच्छ ।

Nepal Telecom ad

नवराज कार्की :

१.
अल्छीहरूका आदर्श, उनी गुरू गणेश !
अंग प्रत्यारोपणका उनी, सुरू गणेश !
जसको टाउको छ हात्तीको, वाहन उसैको मुसो
त्यै देखेर भन्दिए कि ? उनलाई गोबर गणेश ?

२.
कारखाना चलाउँदैन, कारखाना बेच्छ
सिमाना जोगाउँदैन सिमाना बेच्छ
बेच्ने कुरा अरू केही भए पो ! बेच्नु ?
आफ्नै युवा हुन् सरकारले दुईचार जना बेच्छ ।

३.
ठ्वास्सै गन्हाउने मदिरा, कसरी पिउने लत बस्छ ?
आफ्नै मुखमा आगो झोसेर, कसरी धूमपानको आदत बस्छ ?
त्यो पनि त त्याग्न सक्छ तर कहिल्यै त्याग्दैन ऊ
जब कसैको दिमागमा, “दले” “झोले” को पद बस्छ ।

४.
आदेश थियो कि शिवजीको फैसला थियो त
समाजले पनि उसलाई यो, हौसला दियो त
सडकमै नबसेर अब कता जावोस् त त्यो साँढे ?
गाईको निम्ति पो ! व्यवस्थित गौशाला थियो त !

५.
अविवाहित नारीलाई सुश्री भन्नु पर्छ
विवाहित जतिलाई श्रीमती भन्नु पर्छ
हाम्रो समाजमा बढ्दै छ पारपाचुके अचेल
सम्बन्ध विच्छेद गरेकीलाई के पार्वती भन्नु पर्छ ?

०००
अमेरिका
स्राेत : बाङ्गा अक्षरकाे बारीबाट सुटुक्क पाेकाे पारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x