साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबैका पर्मानपत्रको भाका

छिमेकी बाः हो त सर मेरो कुरा तपाईँ बुझ्छौ । लु तो कागत देऊ त म सम्धीकोमा पठाइदिन्छु छिपा गरेर पर्मानपत्र बनाउने भएका छन् ।  मः हस् लु लिनु होस् ।

Nepal Telecom ad
हाेम सुवेदी :

 

(मेरा छिमेकीबा एकाबिहानै दाँत माझ्दै आइपुगेर केके न बितेको जसरी आत्तिएर भन्नलागे)—
छिमेकी बाः हैन हाउ सर एउटो खेस्रा लेखिदिनु त अलिक राम्रो बेहोरा पारेर ।

मः हैन केबारेको खेस्रा लेख्नु होला मलाई कुरा पहिले भन्नु न अनि पो त लेख्न सजिलो हुन्छ त ।

छिमेकी बाः मेरो जेठो छोराको ससुरा कुइँकेलले मलाई यसैपालि पुरस्कार दिने भएछन् त्यसबारे पर्मानपत्र छाप्ने बेहोरा चाहियो अरे । त्यही भएर ।

मः किन यति हतार नि ।

छिमेकी बाः त्यो पोहोर दिएको रकम आजै फिर्ता दिने अरे ब्याज बढी भो भनेर होला नि । हाताहाती पनि के दिइरहून् नि । पोहोर मैले पनि त्यसै गरेर दिएको थिएँ । यस पालि तिर्ने भए । त्यसै कारन पर्मानपत्र त चाहियो नि ।

मः ए यसपालि तपाईँको पालो परेछ । अरु सम्धीहरुलाई तिरोभरो गरिसकेछन् होला । अनि पोहोर ता तपाईँले तिनै सम्धीलाई दिनु भएको थियो त । यसैपालि फिर्ता लिइहाल्ने हो र । एक द’ई वर्ष थामिदिनू नि ।

छिमेकी बाः ब्याजीमा न दिएको थियो । अब मैने ठेकीमा दिएको कति ब्याज बोकूँ भनेर होला । फिर्ता दिन लागेका छन् । उनका छोराले कतारबाट पैसा पठाइदिएछ कि अनि मैले पोहोर उहाँको छोरो कतार जाँदा हालिदिएको पैसा यसैबाजि फिर्ता गर्ने अरे । यसो पुरस्कार दिएजस्तो गर्योो रिन तिरो नि । याफयाममा टिलिबिजनमा खबर आउँछ । सुन्नु र हेर्नुपर्छ है । नछुटाउनु है तिमी पनि । मैले पनि पुरस्कार दिएजस्तो गरेर लगानी गरेको थिएँ । अब फिर्ता दिने नै भएपछि लिइदिनु पनि ता परो नि ।

मः ए ए । उसो भए ता फिर्ता लिइदिनु पनि पर्योन । कति ब्याज बोकाइरहनु । लु भन्नुहोस् । म तपाईँको पर्मानपत्र बनाउने भाका पारेर कुरा खेस्रा गरिदिन्छु ।
(मैले उनलाई नदेखाई लेखेँ अनि लेखेर सुनाएँ)

पूज्य सम्धी श्री हरिकान्त खोकनाज्यू
धनमान पालिका साबिक लखिराम गाउँपन्चायत साविक लखिरामनियाँ गाविस र हाल लखिराम गाउँपालिका छइलाल प्रदेश नेपाल
आदरणी सम्धीसाहेब

यहाँले गाउँठाउँका पिरमर्का निकै राम्रोसँग जानकी गरी गाउँमा जनमनमा मैनेठेकी दसौँदीका दरले लगानी गरी गाउँको अपूर्व सेवा गर्नुभएको र आफ्नो परिवारको राम्रो सुधार गर्नुभएकोले यहाँको सम्मानमा यो सम्मान पत्र अर्पण गर्दछौँ ।
यहाँको हित चिताउने
सम्धी र सम्धिनी
छइलाल गाउँपालिका
धार्कु प्रदेश
(पढेर सुनाइदिएपछि उहाँ खुसी हुनुभो ।)

छिमेकी बाः ए ठिकै पो लेखिदिएछौ त सर । अब थप गर्नु परे सम्धीसम्धिनीहरु मिलेर गर्नु हुन्छ नि ।

मः हो नि बा । यो ता फारम न हो । सबै कुरा ता जसले सम्मान गर्ने हो उहाँले नै भर्नु पर्छ नि ।

छिमेकी बाः हो त । अब कुरा ता मैले समाजलाई गरेको कति छ छ नि । सबै लेखेर के सक्नु ।

मः हो नि बाले समाजमा ठुलो गुन लाउनु भएको छ । भर अभरमा रुप्या पैसा दिएर जुन काम काट्नुहुन्छ नि त्यो ठुलो कुरा हो । अब ब्याज ता लिनुपर्छन् त । यसै कसले दिन्छ ।

छिमेकी बाः हो त सर मेरो कुरा तपाईँ बुझ्छौ । लु तो कागत देऊ त म सम्धीकोमा पठाइदिन्छु छिपा गरेर पर्मानपत्र बनाउने भएका छन् ।

मः हस् लु लिनु होस् ।
(बाको पर्मानपत्रको खेस्रा लिएर हतार हतार प्रस्थान ।)
पटाक्षेप

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x