फित्काैली डटकममञ्जुश्री साहित्यिक समाजको अध्यक्षमा डा. जिताली पुनः निर्वाचित
उपाध्यक्ष नीरप्रसाद तिमल्सेना, सचिव वीरबहादुर लोहनी, कोषाध्यक्ष हरिप्रसाद घिमिरे रहेका छन् भने कार्यकारी सदस्यहरुमा टेकबहादुर लौडारी, इन्दिरा शाह, प्रभा बराल, रामरञ्जन पौडेल, शान्ता देवकोटा, कल्पना न्यौपाने र सरला ओझा निर्वाचित ।
काठमाडौं । मञ्जुश्री साहित्यिक समाजको आठों अधिवेशन वरिष्ठ साहित्यकार डा. बमबहादुर थापा ‘जितालीको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित भएकाे छ ।
नव गठित कार्यसमितिमा उपाध्यक्ष नीरप्रसाद तिमल्सेना, सचिव वीरबहादुर लोहनी, कोषाध्यक्ष हरिप्रसाद घिमिरे रहेका छन् भने कार्यकारी सदस्यहरुमा टेकबहादुर लौडारी, इन्दिरा शाह, प्रभा बराल, रामरञ्जन पौडेल, शान्ता देवकोटा, कल्पना न्यौपाने र सरला ओझा छन् ।
प्राज्ञ प्रा.डा. वीणा पौड्याल प्रमुख अतिथि रहनु भएको सो अधिवेशनमा आयोजित कविता वाचन कार्यक्रममा डा. जिताली, मदनराज थापा, श्रीहरि फयांल, श्रीरामसिंह वस्नेत, भोजराज न्यौपाने, राम के.सी, सरला ओझा, टेकबहादुर लौडारी, वीरबहादुर लोहनी, खगेन्द्र माझघरेले शुभकामना मन्तव्य सहित आ-आफ्ना कविता लगायत वाचन गर्नुभएकाे थियो ।
२०७२ सालमा स्थापित मञ्जुश्री साहित्यिक समाजद्वारा दुई वटा साहित्यिक पुरस्कार स्थापित गरिनुकासाथे साहित्यकार सम्मान कार्यक्रम, साहित्यिक पुस्तक प्रकाशन, साप्ताहिक प्रविधिमैत्री कवि गोष्ठी, साहित्यिक विर्भातका जयन्ती आदि क्रियाकलाप सञ्चालन हुँदै आएकाे छ ।
कार्यक्रम नागार्जन नगरपालिका स्थित रानीवनमा सम्पन्न भएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest







































