फित्काैली डटकमसिंहकाे भाेजन गधा
हर समाजमा या देशमा एउटा गधा यस्तै धेरै गधाहरू हुन्छन्। जो आफ्नो लालच र तागत बढाउनको लागि समाज र देशलाई दाउमा लगाइदिन्छन् ।

फित्काैली डट कम :
जंगली सिंहहरूको एउटा समुहले एउटा गधाको शिकार गरे। सिंहहरू मध्यको एउटाले भन्यो, “यसलाई नमार । यसलाई लिएर मैले एउटा बृहत योजना बनाएको छु।”
उसको योजना अनुसार सिंहले गधालाई आफ्नो साथ राख्यो। उसको देखभाल गरेर गधाको मन जित्यो। फेरि एकदिन उसलाई गधाको समुहमा पठायो। यसपाली उ गधाको रुपमा हैन, एउटा सिंहको समान गधाको राजा बनेर आएको थियो। जसको पछि सबै सिंहहरूको साथ थियो। बाँकी गधाहरू उसँग डराउन थालें। उसँग बोल्न, व्यबहार गर्न डर मान्न थाले। जब जब सिंह गधाहरूको समुहलाई हेर्न आउँथ्यो, त्यो गधाले एउटा न एउटा गधा सिंहलाई खान दिंन्थ्यो।
गधा भएर पनि आफ्नो समुहमा सिंहको जस्तो तागल थियो। जसले उसको शिकायत गर्थें, उ रिसाएर सबैभन्दा पहिला उसैलाई सिंहको सिकार गराउँथ्यो। तर उ सिंहको अगाडि गधा नै थियो। उ आफै जस्तो गधाहरू माथि राज त गर्दथ्यो। उ यस्तो तागतको अगाडि फसेको थियो कि उ भाग्न सक्दैन्थ्यो। उसले सयौं हजारौं निर्दोष गधाहरूलाई दमन, शोषण र बली चढाएको थियो। उसले सोच्त्यो म यस्तो कार्यले अझैं शक्तिशाली बन्नेछु।
एकदिन यस्तो दिन आयो। सबै गधाहरूले एकजुट भएर बिरोध गरे। उनीहरू एकजुट भएर बोले – जब सिंह सिकार गर्न आउँछ, हामीलाई त्यो गधाले जा भन्छ हामी मध्य कोही पनि नजाने। परिणाम भयावह नै किन नहोस्।
अर्को दिन जब सिंह आयो, गधाहरूको समूह एकतिर थियो भनें अर्कोतर्फ त्यो गधा मात्रै एक्लै उभिरहेको थियो। गधाले सिंहलाई भन्यो, “हेर साहेब, मेरो सपना चकनाचुर भयो। अब मेरो कुरा कसैले मान्दै मान्दैनन्।”
सिंहले एउटै निर्णय गर्यो, “अब तेरो कुनै काम रहेन, त्यसैले त नै मसँग हिंड्। आजको हाम्रो भोजन त नै बन्छ्स्।”
हर समाजमा या देशमा एउटा गधा यस्तै धेरै गधाहरू हुन्छन्। जो आफ्नो लालच र तागत बढाउनको लागि समाज र देशलाई दाउमा लगाइदिन्छन् ।
०००
स्राेत : खित्कै खित्का
Subscribe
Login
0 Comments
Oldest











































