साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाकिमको सरुवा

"यो हाकिमजस्तो दयालु त कोही देखिनँ । सरुवा रोकियो । बडो राम्रो भो ।" "घूस भनेको खाँदै नखाने-कस्तो इमान्दार । सबैजना यस्तै भइदिए पो ।"

Nepal Telecom ad

आर. आर. चौलागाईं :

माथिबाट हाकिमको सरुवाको चिठी आयो । भोलिपल्टदेखि कर्मचारीहरू ठूलठूलो स्वरले हाकिमको निन्दा गर्न थाले ।

एउटाले भन्यो- “यो हाकिमजस्तो निर्दयी त कोही देखिनें। अब जाने भो ठिकै भो ।”

अर्कोले थप्यो- “घूस कति खान्छ नि । जति भए पनि नपुग्ने । एक सुका पनि नभेटे हुन्थ्यो अब ।”

अझ अर्को उठ्यो- “सरुवाको मात्रै आएछ । अझ खारेजीकै चिठी आउनुपर्ने । अनि देख्थ्यो बाबुको बिहे !”

त्यसको केही दिनपछि अचानक हाकिमको सरुवा रद्द भएको अर्को चिठी आइपुग्यो । भोलिपल्टदेखि तिनै कर्मचारीहरू हाकिमले सुन्ने गरेर नै प्रशंसा गर्न थाले ।

“यो हाकिमजस्तो दयालु त कोही देखिनँ । सरुवा रोकियो । बडो राम्रो भो ।”

“घूस भनेको खाँदै नखाने-कस्तो इमान्दार । सबैजना यस्तै भइदिए पो ।”

“कुनचाहिँ बेवकुफ रहेछ त्यो सरुवा गर्न खोज्ने । बल्ल थाहा पायो होला नि ।”

०००
हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x