साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाण्डेको पाँचौँ कृति ‘आवाज’ लघुकथासङ्ग्रह विमोचित

वरिष्ठ पत्रकार गुरू नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य र एम रेग्मीकाे अध्यक्षतामा आयाेजित समाराेहमा आवाजको विमोचन भएकाे हाे।

Nepal Telecom ad

दाङ। राप्ति साहित्य परिषद दाङ शाखाकाे आयाेजनामा सुरेशकुमार पाण्डेकाे ‘आवाज’ लघुकथा सङ्ग्रह विमोचन गरियाे ।

९५ वर्षिय वरिष्ठ पत्रकार गुरू नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य र एम रेग्मीकाे अध्यक्षतामा आयाेजित समाराेहमा आवाजको विमोचन भएकाे हाे।

कार्यक्रममा समीक्षक झिल्का कविताका प्रवर्तक तथा संस्थापक वसन्त अनुभवद्वारा विमाेचित कृतिमाथि परिचर्चापरक समीक्षा गरिएकाे थियाे ।

कृतिका सर्जक सुरेशकुमार पाण्डेले आफ्नो मन्तव्य राखेपछि विशिष्ट व्यक्तित्वहरू सविन प्रयसन (पत्रकार केन्द्रीय सचिव), पूर्व भाषाआयोगका आायुक्त तथा समालाेचक डा.अमर गिरी, राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाकार पुरूषाेत्तम खनाल, शुभकामना एवम् बधाई दिनु भएकाे थियाे ।

त्यसै गरी वरिष्ट साहित्यकार उत्तम कृष्ण मजगैयाँ, पूर्व युवासंघका अध्यक्ष काशिनाथ पोख्रेल लगायतले पनि कृतिका सर्जकलाई शुभकामना  दिनु भएकाे थियाे ।

कार्यक्रममा विना रोकायले स्वागत मन्तव्य र परिवारको तर्फबाट  मनिसा पाण्डे रेग्मीद्वारा धन्यवाद ज्ञापन गरिएकाे थियाे भने सञ्चालनकाे भूमिका घनश्याम केसीले निर्वाह गर्नु भएकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x