फित्काैली डटकमप्रज्ञा प्रतिष्ठानमा मातृभाषा राष्ट्रिय कविता महोत्सव’ सम्पन्न
प्रतिष्ठानकाे प्रेक्षालयमा पानसमा बत्ती बालेर उक्त महोत्सवको समुद्घाट्न नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको हाे ।

काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०८२ को आयोजना गरेको थियो। महाेत्सवकाे सुरुमा काठमाडौँको कमलादी, घण्टार, रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषाका समूहका बाजागाजा र वेशभूषा तथा सांस्कृतिक विशेषता झल्किने झाँकीसहित प्रभातफेरी तथा शोभायात्रा गरिएको थियो ।
कार्यक्रममा थारु, नेवा:, मगर, लिम्बू , थामी, धिमाल, शेर्पा, गुरुङ, छन्त्याल, सुनुवार, राई, तामाङ लगायतका आदिवासी जनजातिले आआफ्ना सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानकाे प्रेक्षालयमा पानसमा बत्ती बालेर उक्त महोत्सवको समुद्घाट्न नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको हाे ।

राईले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको मातृभाषा विभेदमा परेको, मातृभाषाको संरक्षण र संवर्धानका नाममा ओैपचारिकता मात्रै नभई सरकारले विशेष योगदान गर्नुपर्ने बताउँदै भाषिक र सांस्कृतिक हिंसाको अन्त्यका लागि सबै जागरुक हुनुपर्ने विषयमा जोडदिनु भएको थियो । कुलपति राईले मातृभाषाका कविताले आआफ्नो भाषालाई समृद्ध बनाउने र भाषा बचाउने बताउनु भयाे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले सबै जातजातिका मातृभाषाको जर्गेना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा विचार, विमर्श र मातृभाषा राष्ट्रिय कविता महोत्सवको आयोजना प्रज्ञा- प्रतिष्ठानले गर्दै आएको बताउनुभयाे । यसले समग्रमा मातृभाषाको उत्थान र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो ।
मातृभाषा राष्ट्रिय कविता महोत्सव- २०८२का संयोजक, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य मातृभाषा कोश तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिब’ले नेपालमा मातृभाषाको संरक्षण र सम्बर्द्धन गर्न आआफ्ना ठाउँबाट सबैले लामो त्याग र सङ्घर्ष गर्नुपरेको बताउनु भयाे । उहाँले २०७२ सालको संविधानले सबै मातृभाषालाई राष्ट्रभाषा र काठमाडौँ महानगरले नेपालभाषामा पठनपाठनको व्यवस्था मिलाएको चर्चा गर्दै मैथिली लगायतका दर्जन बढी मातृभाषामा समेत विद्यालयमा पढाइ भइरहेको चर्चा गर्दै यसले मातृभाषा बचाउन महत्त्वपूर्ण कार्य गरेको बताउँदै स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
महोत्सवमा ४२ वटा भाषाका प्रतिनिधिमूलक कविताहरू वाचन गरिएको थियो । दिवस राई -लोहोरुङ्ग, प्रकाश याख्खा याक्खा,चम्मर राई-बाहिङ,शान्ता नाछिरिङ- नाछिरिङ,अर्जुन राई-दुङ्माली, जिडी राई- वान्तवा, रविन खालिङ राई -खालिङ,सहस्रा राई- चाम्लिङ, हिरामाया घिसिङ-तामाङ, विद्यानन्द यादव-मैथिली, नेपोलियन चेपाङ-चेपाङ, युवराज गुप्ता बैरागी -अवधी, उपेन्द्रदास उपबिण- मगही, प्रकाश कट्टारी-भोजपुरी, पवित्रा थापा मगर-मगर ढुट, दिलिप बुडा मगर-मगर खाम,सन्तोषी चौधरी-थारु भाषाका कविता प्रस्तुत गरिए ।
त्यसैगरी, भीम कुरुम्बाङ खाम्बोङ्सा लिम्बू -लिम्बू , विवेक भट्टराई-संस्कृत, सविना महर्जन-नेपालभाषा, रेनुका कुमाल-कुमाल, देवीराम घोडासैनी देवर्षि-अछामी, सन्जाकुमारी दनुवार-दनुवार, तारादेवी सुनुवार-सुनुवार, सुरेन्द्र शाही ‘गुलाब कान्छो’- बाजुरेली, डम्बर थामी ‘अनुपम’-थामी, कर्णदयाल सोडारी-बैतडेली, वर्षा धिमाल-धिमाल, बिपीन शेरचन-थकाली, मीना पन्त-डोटेली, सेर्कु शेर्पा-शेर्पा, ममता उराँव-उराँव,जयप्रकाश ताजपुरिया- ताजपुरिया, दीपक घिमिरे-नेपाली, रञ्जितकुमार राजवंशी- राजवंशी, भोगेन्द्र विश्वकर्मा हरविश-अछामी, तेजबहादुर च्हकाली तमु- गुरुङ, शिवचन्द्र प्रसाद साह-बज्जिका, विष्णु पुख्ग्याल भनभनेली-भुजेल, रविन रेग्मी -खस, सुनिलकुमार मुडियारी- मुण्डाले आआफ्नो मातृभाषामा कवितावाचन गरेका थिए ।
महोत्सवका सहभागी कवि तथा झाँकी प्रस्तोताहरूलाई प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्रमाणपत्र समर्पण गर्नुभयाे । कार्यक्रमको उद्घोषण प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य कृष्णराज सर्वहारीले गर्नुभएको थियो ।
०००
खबर सम्प्रेषण : प्राज्ञ चेतनाथ धमला ।
Subscribe
Login
0 Comments
Oldest








































