साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो डर लाग्दो

साहुको रिनले थिचे जस्तै गरी थिच्नेछ मेरो थोत्रो घरको धुरी कस्तो डर लाग्दो ।

Nepal Telecom ad

रहस्य बिक्रम चिमरिया :

उसको हातको खुकुरी कस्तो डर लाग्दो
र अझ धेरै चुरी-फुरी कस्तो डर लाग्दो ।

खुशी उडाई लाने रहर बगाई लाने
यो वर्षा बाढी आँधी हुरी कस्तो डर लाग्दो ।

देह व्पापार गरेर जीवन धान्नु पर्ने
हेर उसको मजबुरी कस्तो डर लाग्दो।

मुना गाउँ बेसीमा मदन परदेशमा
चोखो प्रेममा यत्रो दुरी कस्तो डर लाग्दो ।

साहुको रिनले थिचे जस्तै गरी थिच्नेछ
मेरो थोत्रो घरको धुरी कस्तो डर लाग्दो ।

०००
बिर्तामोड झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x