साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्खनन

कालपुरुषहरू कुन कालको गर्तभित्र हराए ? निरीह जनताहरूको सिकार खेल्नेहरूको दिव्यवाणी छ- 'महान् जनताहरूबाट सिक !'

Nepal Telecom ad

सरुभक्त :

साइबर आतङ्क
कुकुरसित पराजित गोहीहरू
हात्ती खाएको सपना देखिरहेछन्

बिरालो प्रजातिका मानवहरू
पाठेघरका बमहरू खेलाइरहेछन्

उ : ! सप्रसङ्ग ब्वाँसाहरू
सन्ततीप्रेममा लिप्त छन्
सहस्र काण्डहरूको देश
भ्रष्ट्राचारीहरूको अगुवाइमा महान् जुलुस निस्केको छ

आहा । रक्सीमा बुद्धको लोगो
राष्ट्रिय हास्यव्यङ्ग्य- ‘ए ! हाम्रो देश त
शान्तिक्षेत्र नेपाल पो हो !’

खिचलोतन्त्रका नायकहरू
आत्माहरूको उत्खनन गर्दै छन्
ए ! आत्माको तौल कति हुन्छ सिवाय
एक्काइस ग्राम ?

पेटीकोट र राजनीति
धुवाँधार भाषणहरू बिरालो भिजेका छन्
ए विचार बोक्नेहरू !
विचार बोक्नेहरूको सम्मान गर्न सिक

फेरि अश्वमेध यज्ञका घोडा छोडिए ?
फासिस्टहरू एकअर्कालाई फासिस्ट भन्दै छन्
सामन्तहरू एकअर्कालाई सामन्त भन्दै छन्

कालपुरुषहरू
कुन कालको गर्तभित्र हराए ?
निरीह जनताहरूको सिकार खेल्नेहरूको
दिव्यवाणी छ- ‘महान् जनताहरूबाट सिक !’

सहरमा डम्फरराजाको सवारी भएको छ
सहरियाहरू फोहोरका फूलहरू लिएर
घरपेटीहरूमा उभिएका छन्

के आज नेपाल बन्द हो ?
के आज नेपाल बन्द होइन ?…

०००
पाेखरा
प्रज्ञा आधुनिक नेपाली कविता (२०७४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x