साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वीर नेपाली

माथिजाने उद्देश्य राख्छौँ तल तल झर्छौँ पेट भर्न पाइन्छ भने बसाइँ तुरुन्त सर्छौँ घर छोड्ने ठूलो हो झैं गर्छौँ त्यसैले त विदेशमा बेवारिसे लाश भएर मर्छौँ।

Nepal Telecom ad

हरिप्रसाद घिमिरे :

जसले देश बनायो त्यसको सलिक तोड्छौँ
आफू भित्रभित्रै भाँडिन्छौँ
बैरीसँग गला जोड्छौँ
देश संरक्षकलाई लखेट्छौँ
ज्याननमारालाई सत्तामा राख्छौँ
विकास हुने बाटो छेक्छौँ
विकासको सपना देख्छौँ

कोदोको बिउ छरेर
धान फल्ने आशा राख्छौँ
बकुल्लोलाई माछा कुर्न लगाउँछौँ
माछा फैलाउने उद्देश्य राख्छौँ
सक्षम नेतृत्वलाई हराउँछौँ
भ्रष्ट र अक्षमलाई जिताउँछौँ
देशको भलो चिताउँछौँ

आफ्नो बारी बाँझो राख्छौँ
खाना किनेर खान्छौँ
बाबा आमालाई हेला गर्छौँ
संस्कारी देखिन निधारमा रङ्ग दल्छौँ
उद्योग बेचेर रोजगारी खोज्न जान्छौँ
आफ्नो देशको अफिसर छोडेर विदेशको कुल्ली हुन गौरव गर्छौँ
गरिबहरूको गरिबी हेर्न टावर बनाउँछौँ
विकास भयो भनेर पाटी मनाउँछौँ

जो आततायी छ उसकै पछिलाग्छौँ
जो घुस खान्छ उसैलाई मान्छौँ
यस्तैबाट देश बन्छ ठान्छौँ
राष्ट्रिय सम्पत्तिको दोहन गर्छौँ
आफैँ आफैँ लड्छौँ
मर्छौँ
घर जलाएर महलको सपना देख्छौँ
सकेसम्म बिदेश जानेमा नाम लेख्छौँ

महल बनाउने सपना देख्छौँ
भएका महल पोल्छौं
देशको हितमा छौँ भनेर बोल्छौँ
मान्छे मारेर शान्तिको आभास दिन्छौँ
सीमा सुरक्षाको नारा लाउँछौँ
जसले आन्दोलल्न घोषणा गर्छ त्यहीँ जान्छौँ कराउँछौँ
नराम्रो काम जति इमान्दारीसाथ गर्छौँ
राम्रो काम गर्न चैँ त डराउँछौ

अर्काले सन्काइदियो भने आफ्नै घरपनि पोल्छौँ
गाइगोठ बेचेर सुँगुर पाठाको फाराम खोल्छौँ
आफ्नो भाषा मासेर अर्काको भाषा बोल्छौँ
आफ्नो संस्कृति छोडेर
पाश्चात्य संस्कृति मान्छौँ
देशको चित्र काटेर
रमाइलो जन्मदिन मनाँछौँ

भिर पाखामा खेती गर्छौँ
सम्ममा घर बनाउँछौँ
नदी बेचेर बिजुली किन्छौँ
नजान्नेलाई उत्तीर्ण गर्ने नीति बनाएर
शैक्षिक गुणस्तर खोज्छौँ
आमा बालाई बृद्धाश्रम राखेर
श्रीमती लिएर विदेश बस्छौँ

सुनमाथि सुतेर
हीरामा माथि सुतेर
गरिबीको गाथा गाउँछौँ
अँध्यारो आभाश पाउँछौँ
सञ्जिवनी बुटी बेचेर अल्पायुमा नै मर्छौँ
माथिजाने उद्देश्य राख्छौँ
तल तल झर्छौँ पेट भर्न पाइन्छ भने बसाइँ तुरुन्त सर्छौँ
घर छोड्ने ठूलो हो झैं गर्छौँ
त्यसैले त विदेशमा बेवारिसे लाश भएर मर्छौँ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
ध्वंस

ध्वंस

हरिप्रसाद घिमिरे
बेताल

बेताल

हरिप्रसाद घिमिरे
सुक्ति सङ्ग्राम

सुक्ति सङ्ग्राम

हरिप्रसाद घिमिरे
बेथिति

बेथिति

हरिप्रसाद घिमिरे
विधवा

विधवा

हरिप्रसाद घिमिरे
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x