साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हैट ! कस्ताे सपना ?

बुढा त आफैं पाे बलिन्द्र धारा आँसु चुहाइरहेका रहेछन् ! त्याे अघिकाे द्वारे चाहिँ तलबाट आरी पाे थापिरहेकाे रहेछ ! हैट, कस्ताे सपना ??

Nepal Telecom ad

सुदर्शन कट्टेल :

आज शनिबार भएकोले सुताइमा साबिकभन्दा २ घण्टा बढी ओ.टी. हानियाे !

ओ.टी. चलिरहँदा सपना देखियो !
एउटा चाइनिज, एउटा जापानिज र म तीन जना ट्रेकिङ गर्दागर्दै कैलाश पर्वत स्थित शिवालय अगाडि पुगेछाैं !
द्वारेले भक्त भन्ठानेर हामीलाई जानकारी दियो,-
“के माग्न आएका ? लाइनमा लाग ! यहाँ शिवजीले भक्तहरुलाई वान-टु-वान दर्शन दिनुहुन्छ !”

चाइनिजकाे पालाे पहिला आयाे, साेध्याे,-
“भगवान् ! मेराे देशले भ्रष्टाचारबाट कहिले मुक्ति पाऊला ?”
शिवजी बाेले, “पाँच दशक लाग्छ !”

चार दशकमा हिँडिरहेकाे चाइनिजका चिम्से आँखा आँसुले भरिए !

त्यसपछि जापानिजकाे पालाे आयाे ! उसले पनि त्यही प्रश्न साेध्याे,-
“भगवान ! मेरो देशमा भ्रष्टाचार कहिले समाप्त हाेला ?”
शिवजीले भने- “चार दशक लाग्छ !”
हिजो मात्रै ७०औं बर्थ डे मनाएकाे जापानिजकाे आँखामा पनि आँसु जम्याे !

लास्टमा मेराे पालाे आयो !
मैले पनि टाउको निहुर्याएर अदबका साथ त्यही प्रश्न साेधें !
निकैबेरसम्म शिवजीकाे कुनै उत्तर आएन, कुनै आवाज पनि सुनिनँ !
किन हाेला भनेर डराइ-डराइकन शिवजीकाे अनुहारतिर आँखा लगाएँ !

बुढा त आफैं पाे बलिन्द्र धारा आँसु चुहाइरहेका रहेछन् !
त्याे अघिकाे द्वारे चाहिँ तलबाट आरी पाे थापिरहेकाे रहेछ ! हैट ! कस्ताे सपना ??

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्ना खल्यो

भर्ना खल्यो

सुदर्शन कट्टेल
हो कि होइन, बुझौं त ब्रो !

हो कि होइन, बुझौं...

सुदर्शन कट्टेल
पाती चढाउने फैसला

पाती चढाउने फैसला

सुदर्शन कट्टेल
हाइकु बथान

हाइकु बथान

सुदर्शन कट्टेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x