साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाती चढाउने फैसला

भोट खसाउनेले भोट खसाए पनि वा नखसाए पनि चुनावी कर्मकाण्डको नतिजासमेतमा फरक नपर्ने देखिँदा पाति चढाउने र भोट खसाउने बीचमा फरक रहेको भन्ने प्रश्नतर्फ केही बोलिरहनु परेन ।

Nepal Telecom ad

कार्जेमा पाति चढाउने र चुनावमा भोट खसाउनेका बीचमा फरक नदेखिएको भन्ने वादीको फिराददावीमा उल्लेखित ल्याङल्याङ र किचकिचतर्फ समेत विचार गर्दा देहायबमोजिमको फैसला गरिदिएको छु । अरुमा तपसिल बमोजिम गर्नू गराउनू ।

१) कार्जे गर्दा पुरोहितहरूले सबै कर्मकाण्ड जजमानमार्फत आफैं भ्याउने कुरातर्फ विचार गर्दा प्रचलित कर्मकाण्डका प्रक्रियाबमोजिम उक्त कार्य विधिसम्मत नै रहेको देखिँदा अन्यथा भन्न सकिएन ।

२) जजमानका नातागोता समेतलाई चान्स दिन निजहरूलाई दफा (१) बमोजिमका पुरोहितले लास्टमा पाति चढाउन लगाउने भन्ने कुरासमेत तर्फ विचार गर्दा प्रचलित कर्मकाण्डीय विधिसमेतका दृष्टिले उक्त कार्यलाई समेत अस्वीकार गर्न सकिएन ।

३) नेपाली नेताहरूले पनि सत्तारोहणका लागि चुनावअघि नै गठबन्धन र तालमेलसमेत गरेर घरदैलो कार्यक्रममा जान थालेको भन्ने दावीतर्फ विचार गर्दा “सत्ता नै सत्य हो, अरु सबै मिथ्या हो” भन्ने प्रचलित सिद्धान्तसमेतका आधारमा उक्त कार्यलाई समेत मान्यता दिनुपर्ने नै देखियो ।

४) मतदातालाई पनि चान्स दिऊँ न त भनेर निजहरूलाई दफा (३) बमोजिमका नेताहरूले मंसिर ४ मा भोट खसाल्न लगाउँदैछन् भन्ने ल्याङल्याङतर्फ विचार गर्दा प्रचलित संविधानबमोजिम चुनावमा भोट खसाल्नु नागरिकको कर्तव्यसमेत भएको देखिँदा आफ्नो भोट आफैं खसाले पनि, अर्कैले खसाले पनि वा स्वयं आफैंलाई खसाल्न लगाए पनि अन्ततोगत्वा जाबो एउटा मात्रै भोट खस्ने भएको हुँदा उक्त कार्यलाई समेत चुनावको सर्वमान्य प्रक्रिया मान्नुपर्ने नै देखियो ।

५) दफा (२) बमोजिमका पाति चढाउनेले पाति चढाए पनि वा नचढाए पनि कर्मकाण्डको नतिजासमेतमा फरक नपर्ने र दफा (४) बमोजिमका भोट खसाउनेले भोट खसाए पनि वा नखसाए पनि चुनावी कर्मकाण्डको नतिजासमेतमा फरक नपर्ने देखिँदा पाति चढाउने र भोट खसाउने बीचमा फरक रहेको भन्ने प्रश्नतर्फ केही बोलिरहनु परेन ।

तपसिल

उक्त फैसलामा चित्त बुझे पनि नबुझे पनि मंसिर ४ मा आफ्नो नाम रहेको मतदानस्थलमा गई भोट खसाल्नू ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैट ! कस्ताे सपना ?

हैट ! कस्ताे सपना...

सुदर्शन कट्टेल
भर्ना खल्यो

भर्ना खल्यो

सुदर्शन कट्टेल
हो कि होइन, बुझौं त ब्रो !

हो कि होइन, बुझौं...

सुदर्शन कट्टेल
हाइकु बथान

हाइकु बथान

सुदर्शन कट्टेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x