साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्दैन मैले दिन ?

मेरै मात्र गरेर आश मुखमा, हेर्छन् धुपौरेहरू कैयौं दीन-दुखी बनेर बिचरा, बस्छन् भरौटेहरू यी मेरा जन हुन् र हात यिनको, पर्नेछ मैले लिन मामा निम्ति चुनावमा टिकट के पर्दैन मैले दिन ?

Nepal Telecom ad

पार्टीको मुखिया म नै हुँ सबको, हर्ता र कर्ता म नै
मै आधार जरो हुँ फेरि दलको, धर्ता र भर्ता म नै
गाली हर्दम गर्दछन् अघि सरी, मान्छेहरूले किन ?
छोरो उठ्छ चुनावमा, टिकट के पर्दैन मैले दिन ? १

मैले दुःख खपेर आर्जन गरेँ, सर्वोच्चताको पद
खाएँ लौह-चना बनाउन पुगेँ, अत्यन्त ठूलो कद
मेरा मानिस पुग्नु पर्छ पदमा, बुझ्दैन कोही किन ?
सालो उठ्छ चुनावमा, टिकट के पर्दैन मैले दिन ? २

जित्नैपर्छ जसो गरे पनि यहाँ, आसन्न निर्वाचन
चाहे लाग्न पुगोस् कलङ्क अथवा, कालो निलो लाञ्छन
आफ्ना को र परत्र को खबर के पर्दैन मैले लिन ?
भान्जा निम्ति चुनावमा टिकट के पर्दैन मैले दिन ? ३

मेरो जीवन दासतामय बन्यो, स्वामी हुने तालमा
थापेँ दाउ निमित्त भूमि जहिले, पाशा जुवा खालमा
कैले पूर्व गएँ र उत्तर गएँ, कैले गएँ दख्खिन
सम्धी उठ्छ चुनावमा टिकट के पर्दैन मैले दिन ? ४

मेरै मात्र गरेर आश मुखमा, हेर्छन् धुपौरेहरू
कैयौं दीन-दुखी बनेर बिचरा, बस्छन् भरौटेहरू
यी मेरा जन हुन् र हात यिनको, पर्नेछ मैले लिन
मामा निम्ति चुनावमा टिकट के पर्दैन मैले दिन ? ५

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
0
Would love your thoughts, please comment.x
()
x