सुदर्शन कट्टेलशासक पाऊँ भनी भ्यागुताकाे ट्वाँर-ट्वाँर
तसर्थ, एउटा शासक पाऊँ भनी भ्यागुताले दिनहुँ ट्वाँर-ट्वाँर गर्दै ब्रह्माजी पुकार्न थाले ।

सुदर्शन कट्टेल :
एउटा तलाउकाे सृष्टि गरिसकेपछि ब्रह्माजीले दस बाेरा जति मसिना जातका भ्यागुता त्यहाँ अवतरण गराए ।
भ्यागुताले केही दिन हाइजम्प र लङजम्प हान्दै तलाउमा पाैडी खेलेर, डुबुल्की मारेर, बाँकटे हानेर उल्टीफ्ल्याँट गर्दै मजा लिए ।
तर, केही दिनपछि भ्यागुतालाई के नपुगे-नपुगे जस्तो भयाे ।
लामाे छलफलपछि सर्वसम्मतिले शासककाे अभाव रहेकाे निष्कर्ष निस्कियाे ।
तसर्थ, एउटा शासक पाऊँ भनी भ्यागुताले दिनहुँ ट्वाँर-ट्वाँर गर्दै ब्रह्माजी पुकार्न थाले ।
ब्रह्माजीले रुखकाे एउटा मुढाे भ्यागुताकाे शासकका रुपमा तलाउमा उत्पत्ति गराए ।
शासक सामुन्ने पाएपछि भ्यागुताकाे ट्वाँर-ट्वाँर बन्द भयाे ।
तर, केही दिनपछि लम्पसार परेर तैरिरहने निष्क्रिय मुढाे शासकमाथि भ्यागुताकाे चित्त बुझेन ।
शासक बदलीपाऊँ र नयाँ शासक पाऊँ भन्दै ब्रह्माजीसमक्ष भ्यागुताकाे ट्वाँर-ट्वाँर फेरि शुरु भयाे ।
त्यसपछि ब्रह्माजीले एकजाेडी ज्याङ्गा-ज्याङ्गा सारस तलाउमा अवतरण गराए ।
अन्त्याँडी खेल खत्तम !
०००
कट्टेलकाे फेसबुक वालबाट
Subscribe
Login
0 Comments
Oldest





































