साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एनसेलबाट अलग हुँदै आजिएटा

बुधबार विज्ञप्तिमार्फत नेपालको व्यावसायिक परिदृश्य चुनौतीपूर्ण रहेकाले बाहिरिने निर्णय गरेको जनाएको छ ।

Nepal Telecom ad

काठमाडौँ, २०८०, मङ्सिर १४ । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट मलेसियन कम्पनी आजिएटा समूह बाहिरिने भएको छ ।

एनसेलमा कुल ८० प्रतिशत सेयर स्वामित्व रहेको आजिएटा समूह बर्हादले बुधबार विज्ञप्तिमार्फत नेपालको व्यावसायिक परिदृश्य चुनौतीपूर्ण रहेकाले बाहिरिने निर्णय गरेको जनाएको छ ।

‘नेपालको परिदृश्य बढ्दो रूपमा चुनौतीपूर्ण भएकाले त्यहाँबाट बाहिरिने बोर्ड बैठकको निर्णय छ,’ आजिएटा समूहका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक विवेक सुदको भनाइ छ, ‘त्यसअनुरूप बोर्डले एनसेललाई बिक्रीका लागि राखिएको सम्पत्तिका रूपमा वर्गीकरण गर्ने निर्णय गरेको छ ।

१६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो ।
०००
समाचार श्राेत : विभिन्न पत्रपत्रिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x