फित्काैली डटकमकोका-कोलो ‘कोक बडी’ एप सार्वजनिक
यो नयाँ मोबाइल एप्लिकेसनले कोका-कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।
काठमाडौँ, ०८० मङ्सिर २० । कोका-कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप लन्च गरेको छ । रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका-कोलाका पेय पदार्थहरू चाँडो भन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्धेश्यले यो एप लन्च गरिएको हो ।
नेपालभरका २५६ वितरकहरू र १५६,००० आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका-कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।
कोका-कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सन्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो, जसले वितरक र आउटलेटहरू बीच रियल-टाईम कनेक्टिभिटिलाई कायम राख्दछ । यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटि सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरू दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डिरेक्टर श्री दीपक नाथ सेन्थिलले भन्नुभयो, “हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौँ ।”
कमर्सियल डिरेक्टर श्री युनुस रियादीले भन्नुभयो, “सुविधाजनक रुपमा अर्डर गर्ने एप- कोक बडी विशेष रूपमा हाम्रा रिटेलरहरूका लागि तयार पार्दा हामी धेरै उत्साहित छौँ । यस एप मार्फत अब तपाईंहरूले कोका-कोलाको कुनै पनि पेय पदार्थहरू जुनसुकै समयमा र जहाँ पनि चौबिसै घन्टा अर्डर गर्न सक्नुहुनेछ ।”
काठमाडौंको वनस्थलीस्थित धौलागिरी मार्टका सञ्चालक विश्वास कर्माचार्यले भन्नुभयो, “मैले लामो समयदेखि कोका-कोलाका पेय पदार्थहरू बिक्री गर्दै आएको छु । यो नयाँ कोक बडी एपले मलाई अर्डर गर्न अझै सहज भएको छ ।”
कार्यक्रममा चौबिसै घन्टा अर्डर (जुनसुकै समयमा, जहाँँबाट पनि अर्डर गर्न मिल्ने) आउटलेटहरूको लागि अत्यन्तै सहज र सुविधाजनक रहेको बताइएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest













































