फित्काैली डटकम‘खास्टो’ लघुकथासङ्ग्रह विमोचन
विमोचन कार्यक्रममा प्रमुख अतिथि रोदनले लघुकथा लेखन र प्रकाशनसँगै यसको विस्तार भए पनि लेखनमा भएका कमजोरीहरू बिस्तारै सुधार गरी मानक लघुकथा लेखनमा अबको कथाकार लाग्नुपर्ने विचार राखेका थिए ।

काठमाडाैं, २०८० मङ्सिर २० । साहित्यकार मनीषकुमार शर्मा ‘समित’को ‘खास्टो’ लघुकथासङ्ग्रह विमोचन भएको छ ।
तीनकुनेको रोयल ब्याङ्क्वेटमा भएको उक्त विमोचन कार्यक्रम स्रष्टा शर्माको जन्मदिनकाे अवसरमा गरिएको हो । शर्माको उक्त लघुकथासङ्ग्रहको विमोचन स्रष्टा समाज नेपालका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि श्रीओम श्रेष्ठ ‘रोदन’, कृतिकारका माता आशा अर्ज्याल शर्मा, प्रा. डा. कपिल लामिछाने, केन्द्रका अध्यक्ष लता केसी, साहित्यकार गङ्गा कर्माचार्य पौडेल, डा. शेखरकुमार श्रेष्ठ र कृतिकार स्वयंले संयुक्त रूपमा गरेका थिए ।
हाम्रो लघुकथा केन्द्रको आयोजनामा भएको त्यस कार्यक्रममा केन्द्रका सदस्य वन्दना घिमिरेको स्वागत मन्तव्य राखेकी थिइन् भने गङ्गा कर्माचार्य पौडेलले कृतिकारको व्यक्तित्व प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै, प्रा.डा. कपिल लामिछानेले कृतिकार र कृतिको सफलताको कामना गरेका थिए । विमोचन कार्यक्रममा प्रमुख अतिथि रोदनले लघुकथा लेखन र प्रकाशनसँगै यसको विस्तार भए पनि लेखनमा भएका कमजोरीहरू बिस्तारै सुधार गरी मानक लघुकथा लेखनमा अबको कथाकार लाग्नुपर्ने विचार राखेका थिए ।
कार्यक्रममा मिसु श्रेष्ठ थपलियाले साहुकार र बिरेन मालाकारले आश्रम शीर्षकको लघुकथा वाचन गरेका थिए । ‘खास्टो’ लघुकथासङ्ग्रह विमोचन कार्यक्रममा ममता मृदुल, विनोद नेपाल, दीपक लोहनी, कात्यायन, सुमन सौरभ, सत्या अधिकारी, रेहित सैजु, मधुसूदनप्रसाद घिमिरे, जीवन दाहाल, मोहनबहादुर कायस्थ, सुशीला प्रधानाङ्ग, ललिता दोषी, तुलसीहरि कोइराला, दिव्य गिरी, योगप्रसाद चापागाईं, डा. छायादत्त न्यौपाने, शेखर अर्याल, श्रीराम राई, लक्ष्मीप्रसाद पौडेल, मदनकुमार पोखरेल, रमेश सुवेदीलगायत सत्तरी जना स्रष्टाहरूको उपस्थिति थियो ।
बिमुन्स पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रम केन्द्रका उपाध्यक्ष डा शेखरकुमार श्रेष्ठका अध्यक्षतामा सम्पन्न भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































