साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘मगर संस्कृतिमा मगर भाषाको प्रयोग’ विषयक विचार गोष्ठी

ग‍ोष्ठीको समुद्घाटन प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गर्नुभएको थियोे । कार्यपत्र प्रस्तुत प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीले गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८०मङ्सिर १९ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल साहित्य मन्दिरद्वारा संयुक्त रूपमा ‘मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग’ नामक कार्यपत्रसहित विचार गोष्ठीको आयोजना प्रतिष्ठानको देवकोटा सभाकक्षमा गरिएको थियोे ।

उक्त ग‍ोष्ठीको समुद्घाटन प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गर्नुभएको थियोे । कार्यपत्र प्रस्तुत प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीले गर्नुभएको थियो ।

कार्यपत्रमा नेपाली समाजमा मगर भाषा र यसको महत्त्व, मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगको अवस्था, जन्म संस्कार, छेवर तथा गुन्यूचोलो संस्कार, विवाह संस्कार, मृत्यु संस्कार, मगर भाषाका कर्मकाण्डीय पुस्तक, पुजाआजा, मगरका थान, मन्दिर, चाडवाड, नातापाता, खानाका परिकार, नाचगान, मगर संस्था, मगर दर्शन, विस्थापन र संस्कारमा मगर भाषाको प्रयोगका बारेमा चर्चा गरिएको थियोे ।

यस अवसरमा सदस्य सचिव सुवेदीले ‘प्रत्येक जातजातिको मातृभाषा,संस्कृति र संस्कारका विषयमा सम्बन्धित पक्षसँग रहेर अनुसन्धान र बहसलाई प्रतिष्ठानले अघि बढाउँदै जाने कुरामा जोड दिनुभएको थियोे ।

यसैगरी कार्यक्रमका सभाध्यक्ष, प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)ले स्वागत मनतव्यका क्रममा संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, धर्म, व्यवहारमा मगर भाषाकाे प्रयाेग कसरी भइरहेकाे छ र भाषा बाेल्नमा किन ह्रास आइरहेकाे छ भन्ने कारण खाेज्ने प्रयत्न कार्यपत्रले गरेकाे छ ।साथै उक्त भाषाका उपलब्धि, समस्या र समस्याका समाधानका उपायहरूका बारेमा सम्बन्धित निकायहरूसँग छलफल गर्ने पनि जानकारी गराउनुभएको थियो।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्रीले
प्रत्येक भाषा,संस्कृति र संस्कारको उत्खनन् र संरक्षण आफैँलेे गर्नुपर्छ ।त्यसले मात्रै भाषा र संस्कृति बाँच्छ’ भन्नुभएको थियोे।

यसैक्रममा भाषाविद् पूर्ण रानाले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियोे ।यस्तै सहभागीका तर्फबाट सुरेन्द्र थापा, डा.लालबहादुर पुन मगर, नरकुमारी घर्तीमगर, हेमबहादुर पुलामी मगर, माया रोका मगर, उत्तमनारायण मल्ल र सञ्जोग लाफा मगर लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे ।

कार्यक्रमको धन्यवाद सुमा श्रेष्ठ र कार्यक्रमको सञ्चालन मनोरमा शर्माले गर्नुभएको थियोे ।

०००
– प्राज्ञसभा सदस्य चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x