साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनपाको चुनावी घोषणापत्र

जाने चुनाव गैगयो, आउने चुनाव धनपाले जित्ने नै भयो । धनपाको घोषणपत्र बोक्नुस् ! छाप यसैमा ठोक्नुस् !!

Nepal Telecom ad

जाने चुनाव गैगयो, आउने चुनाव धनपाले जित्ने नै भयो । धनपाको घोषणपत्र बोक्नुस् ! छाप यसैमा ठोक्नुस् !!

१) प्रत्येक नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था मिलाइने छ । प्रत्येक विरामीले आफूले रोजेको डाक्टरबाट रोजेको अस्पतालमा उपचार गर्न पाउनेछन् ।

२) प्रत्येक नागरिकका सन्तानले निःशुल्क रुपमा विश्वस्तरीय शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइने छ । प्रत्येक विद्यार्थीले रोजेको शिक्षकबाट रोजेको शिक्षण संस्थामा रोजेको विषय अध्ययन गर्न पाउनेछन् ।

३) कुनै पनि नागरिकले बेरोजगार भएर बस्नुपर्ने छैन । काम गर्न इच्छा भएका प्रत्येक नागरिकले आफूले रोजेको स्थानमा चाहेको तलबसहित रोजगारी पाउनेछन् ।

४) ड्राइभिङ् नजान्ने, अन्धा-अपांग र ज्येष्ठ नागरिकलाई दक्ष चालकसहित लक्जरी कार उपलब्ध गराइने छ । प्रत्येक केटीहरूलाई कम्तीमा एउटा भेस्पा र केटाहरूलाई पल्सर उपलब्ध गराइने छ । सोका लागि आवश्यक इन्धन र सर्भिसिङको व्यवस्था मिलाइने छ ।

५) प्रेमालाप गर्नेहरूका लागि प्रत्येक वडामा कम्तीमा १०० बेडको एउटा होटल एण्ड लज र रोमान्टिक पार्क बनाइने छ । उनीहरूले गल्लीमा लठारिएर हिड्नुपर्ने अवस्थाको अन्त्य गरिनेछ ।

६) ट्यापे र ट्वाँकेहरूका लागि आवश्यक मात्रामा मालबुटी निःशुल्क उपलब्ध गराउन स्पेशल “मिदी“ खटाइने छ ।

७) प्रत्येक नागरिकलाई …फिल्म हेर्न, प्रत्येक केटाकेटीलाई गेम खेल्न र गृहिणीलाई टिकटक बनाउन हत्केलामा नअँट्ने एउटा स्मार्टफोन निःशुल्क उपलब्ध गराइने छ ।

८) प्रत्येक किसानलाई खेत जोत्नुअघि एक ट्रयाक्टर मल निजको घरमै उपलब्ध गराइनेछ ।

९) प्रत्येक नागरिकलाई बिजुली र पानी पुगिसकेको हुँदा छिमेकी मुलुकका घरघरमा निःशुल्क आपूर्ति गरिनेछ ।

१०) स्वेदेशी नागरिक दिनहुँ भटाभट विदेश गएकोबाट मुलुकमा नागरिकको अभाव भइरहेको दृष्टिगत गरी नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिला वा पुरुषलाई जग्गेमै नागरिकता वितरण गरिनेछ । कुनै नेपाली नागरिकसँग लभ परेको स्वघोषणा गर्ने विदेशी नागरिकले समेत सो सुविधा प्राप्त गर्नेछन् ।

हाम्रो गौरवशाली पार्टीलाई
मात्र एउटा भोट दिनुहोस्,
दसोटा सुविधा लिनुहोस् !

नत्र,-
सम्झिने, पानी छम्किने !

धर्तीमा नभएको पार्टी (धनपा)
चुनाव प्रचारप्रसार समिति
केन्द्रीय कार्यालय,
माठकाडौं, लेपान ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैट ! कस्ताे सपना ?

हैट ! कस्ताे सपना...

सुदर्शन कट्टेल
भर्ना खल्यो

भर्ना खल्यो

सुदर्शन कट्टेल
हो कि होइन, बुझौं त ब्रो !

हो कि होइन, बुझौं...

सुदर्शन कट्टेल
पाती चढाउने फैसला

पाती चढाउने फैसला

सुदर्शन कट्टेल
हाइकु बथान

हाइकु बथान

सुदर्शन कट्टेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x